काठमाडौ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आजबाट सुरु भई भोलि (शनिबार) विहान ११ बजे पुनः बस्नेगरी स्थगित गरिएको छ ।
पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा आज ६ जना पोलिटब्युरो सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूबारे गम्भीर छलफल भइरहेको छ ।
यसअघि हिजो सम्पन्न सचिवालय बैठकले विधानको मस्यौदामा एकसरो सहमति जनाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गरिसकेको छ ।
विधान महाधिवेशनको पूर्वतयारीस्वरूप भइरहेको यो बैठक एमालेको आगामी रणनीति निर्धारणमा महत्वपूर्ण मानिएको छ ।