Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

इजरायलमा विरोधकाबीच न्यायिक प्रणाली परिमार्जन गर्ने विधेयक पारित


९, साउन २०८०
  • 94
    SHARES
  • इजरायलमा विरोधकाबीच न्यायिक प्रणाली परिमार्जन गर्ने विधेयक पारित

    एजेन्सी । विवाद र आलोचनाबीच इजरायलको संसद्ले न्यायालयको शक्ति सङ्कुचन गर्ने कानुन पारित गरेको छ । अब इजरायली सरकारले गरेको निर्णय अदालतले उल्टाउन सक्ने छैन । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो प्रस्ताव संसद्को बहुमतबाट पारित गराउनुभएको हो ।

    अन्तिम समयसम्म पनि प्रतिपक्षी दलसहित प्रबुद्ध व्यक्ति समूहले विरोध गरेको थियो । प्रस्ताव संसदमा मतदानमा लैजाने तयारी गरेसँगै त्यसको विरोधमा जेरूसेलममा १०औं हजार मानिसले प्रदर्शन गरेका थिए । प्रतिपक्षी दलले यो कानुन पारित भएसँगै इजरायली लोकतन्त्र जोखिममा परेको प्रतिक्रिया दिएको छ ।

    सरकारले भने अदालतले बारम्बार सरकारको निर्णयमा भाँजो हाल्ने र हस्तक्षेप गर्ने कामलाई बढावा दिएकाले कानुन अत्यावश्यक रहेको तर्क गरेको छ । यो कानुन पारित भएसँगै इजरायलका राष्ट्रपतिले देश अब सङ्कटकालतर्फ अग्रसर भएको बताउनुभएको छ । कानुनको इजरायलका रिजर्भ फोर्स, हवाई सेना लगायतले पनि विरोध जनाएका थिए ।    

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend