जेठ-२, दैलेख । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा एकै परिवारका चार जना घाईते भएको हो ।
घाईते हुनेहरुले डुंगेश्वर गाउँपालिका(२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ लागेको हो । घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।