Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नापतौलमा अनियमितता गर्ने व्यावासायिक प्रतिष्ठान कारबाहीमा


१०, साउन २०८०
  • 99
    SHARES
  • नापतौलमा अनियमितता गर्ने व्यावासायिक प्रतिष्ठान कारबाहीमा
    काठमाडौं । नाप तौलयन्त्रको  तोकिएको समयमा  नवीकरण नगराउने  र  तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक  तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा  नापतौल कार्यालयले जनाएको छ । 
     
    उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना  व्यवसायीसमेत परेका  छन् । वारा, पर्सा,  रौतहट, मकवानपुर तथा चितवन  कार्यक्षेत्र रहेको सो कार्यालयले  आव२०७९/८० मा गरेको विशेष अनुगमन तथा  नियमित  नापतौल जाँचको क्रममा  अनियमितता गर्ने ब्यावसायिक संस्था तथा व्यक्तिलाई  कारबाही गरेकोे निमित्त कार्यालय प्रमुख सञ्जीवकुमार ठाकुरले जानकारी दिनुभयो । 
     
    सो कार्यालयले उक्त अवधिमा एक हजार तीन सय २४ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको जाँच  र नवीकरण गरेको थियो । कार्यालयबाट प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा पाँच सय ६५ नयाँ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई  नापतौल यन्त्रको इजाजतपत्र दिइएको थियो। सो कार्यालयमा  तीन हजार तीन सय २५ जना व्यवसायीले नापतौलसम्बन्धी इजाजतपत्र लिएर कार्य गरिरहेको उहाँले  बताउनुभयो ।
     
    गत आर्थिक वर्षमा नौ सय दुई पम्पको नोजल जाँच, चार सय  ३५ भेहिकलको ट्याङ्क जाँच गरिएको, नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि  एकल अनुगमन ३२ पटक तथा  संयुक्त अनुगमन २८ पटक गर्नाका साथै १९ व्यावसायिक प्रतिष्ठान बिरुद्ध  अभियोगपत्र दायर गरिएको जनाइएको थियो ।साथै कार्यालयले सो अवधिमा विभिन्न शीर्षकबाट  रु एक करोड ४० लाख २३ हजार दुई सय ६८ राजस्वसमेत सङ्कलन गरेको  पनि बताइएको थियो ।
     
    कार्यालयले डिजिटल नागरिक वडापत्र तथा  डिजिटल गुनासो सुनवाइको व्यवस्था गरेकामा उक्त कार्यको सेवाग्राहीले  प्रशंसा थिए ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend