Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पत्रकार महासंघको सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रही देखियो


१०, साउन २०८०
  • 139
    SHARES
  • पत्रकार महासंघको सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रही देखियो

    रुपन्देही । प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीले नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा राजनीतिक पूर्वाग्रही देखिएको बताएको छ। बुधबार प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीका सचिव टेकराज भुसालले नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यालयमै पुगेर तथा लुम्बिनी प्रदेश र केन्द्रीय समितिलाई मेल मार्फत ध्यानाकर्षण पत्र बुझाइ नेपाल पत्रकार महासंघले राजनीतिक पूर्वाग्रही गरि नया सदस्यता वितरण गरेकोमा संगठनको विमति रहेको जनाउदै उक्त विभेद पूर्ण निर्णयलाई सच्चाउदै नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गर्न बन्चित भएका वास्तविक पत्रकारलाई सदस्य प्रदान गर्न र गैर पत्रकारहरुको नाम सिफारिस नगर्न भनी ध्यानाकर्षण गर्नुभएको हो।

    नेपाल पत्रकार महासंघ रुपन्देहीको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो । महासंघले गरेको उक्त निर्णयमा कतिपय मापदण्ड भित्र पर्नेलाई पनि राजनीतिक पूर्वाग्रहीका कारणले गर्दा सदस्यता नदिएको र कतिपय मापदण्ड भन्दा बाहिरका व्यक्तिलाई समेत सदस्यता दिएको भन्दै उक्त निर्णय सच्चाएर वास्तविक पत्रकारलाई सदस्यता दिनुपर्नेमा प्रगतिशीलले जोड दिएको छ।

    सचिव भुसालले संगठनले पत्रकार महासंघको गरिमालाई थप उचो बनाउन र श्रमजीवि पत्रकारहरुको पक्षमा निरन्तर वकालत गरि पछिल्लो समयमा पत्रकार महासंघले चलाएको सदस्यता शुद्विकरण अभियानमा समेत साथ दिदै आएको थियो तर नयाँ सदस्य वितरण गर्दा महासंघले मापदण्ड अनुसार नभई कुनै पनि आस्था र विचारका आधारमा वितरण गरेकोले यस्तो निर्णयले पत्रकार महासंघ माथि नै प्रश्न चिन्ह खडा गरेको बताउनुभयो।

    tek raj.jpg

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend