Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सशस्त्रको बढुवा जाम खुल्दै


११, साउन २०८०
  • 136
    SHARES
  • सशस्त्रको बढुवा जाम खुल्दै

    काठमाडौँ । लामो समयदेखि सशस्त्र प्रहरीमा रोकिएको बढुवा जाम खुल्ने भएको छ । सरकारले सशस्त्र प्रहरीमा निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म १ सय २७ नयाँ दरबन्दी सिर्जना गरेपछि १८ वर्षदेखि रोकिएको बढुवा जाम खुल्ने भएको हो ।

    जवानदेखि नायव निरीक्षक ९सई० सम्मका केही पद मिलान गरेर अधिकृत स्तरका १ सय २७ दरबन्दी थपिएको यसका लागि सशस्त्र प्रहरी चाँडै नै सूचना निकालेर बढुवा आह्वान गर्ने भएको छ । सरकारले केही दिनअघि  ५८ जना वरिष्ठ सई सहितको नयाँ दरबन्दी थप गरिएको छ । 

    साउन ३ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकका ११ दरबन्दी सिर्जना गरेको हो । त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ रहेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । रिक्त रहेको चारसहित अब १५ जना एसएसपी हुनेछन् । यसका लागि सशस्त्र प्रहरीले चाँडै नै सूचना जारी गर्ने तयारी गरेको छ । 

    यस्तै एसपीमा ४१, डीएसपीमा २८ र इन्स्पेक्टरमा ४७ नयाँ दरबन्दी सिर्जना भएको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार  संगठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृत स्तरमा थोरै दरबन्दी थपिएको हो । 

    नयाँँ दरबन्दी सिर्जनासँगै सहायक हवल्दारदेखि एसएसपीसम्म करिब ६ हजार जनशक्तिको बढुवा गर्ने बाटो खुलेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले इन्स्पेक्टरदेखि नायब महानिरीक्षक डीआईजी सम्म करिब ४ हजार ५ सय जनशक्तिको नयाँ दरबन्दी सिर्जना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका थिए । 

    सीमा सुरक्षा, सशस्त्र प्रहरी अस्पताल र अन्य युनिटमा जनशक्ति अभाव रहेको भन्दै उक्त संख्या थप्न महानिरीक्षक अर्यालले गृहमा प्रस्ताव गरेका थिए । त्यसपछि गृहले सशस्त्रको प्रस्ताव रायका लागि अर्थमा पठाएकामा तत्काल प्रस्ताव गरेअनुसार जनशक्ति थप्न नसकिने भन्दै बढुवामा देखिएको गाठो फुकाउन तल्लो दर्जामा संख्या मिलान गर्ने गरी केही अधिकृत स्तरका १ सय २७ र वरिष्ठ सईको ५८ पद संख्या बढाउन सैद्धान्तिक सहमति दिएको थियो । 

    अर्थको सहमतिपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत साउन ३ मा ती पद संख्या बढाउन प्रस्ताव पेस गरेका थिए । योसँगै डेड दशकसम्म एउटै पदमा बसेका निरीक्षकलाई डीएसपीसहितमा बढुवा गर्न बाटो खुलेको छ । 

    १ सय ९८ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ । यो प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सि।सं। ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछ । 

    यसैगरी २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछ । खाली पदमा बढुवा गर्दै जाने संगठनको नीति तथा प्रधानमन्त्री र गृहमन्त्री, गृह मन्त्रालयका कर्मचारी, अर्थमन्त्री र सो मन्त्रालयका कर्मचारीसमेत यसमा अत्यन्त सकारात्मक भएका कारण पनि एकै पटक ठूलो संख्यामा बढुवाका लागि प्रक्रिया शुरु भएको हो । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend