Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

हिंसा पीडितलाई मनोसामाजिक परामर्श सहित निःशुल्क उपचार


११, साउन २०८०
  • 134
    SHARES
  • हिंसा पीडितलाई मनोसामाजिक परामर्श सहित निःशुल्क उपचार

    गोरखा । गोरखा जिल्लाभित्र विभिन्न प्रकारका हिंसामा परेका महिलाको उद्धार गरी मनोसामाजिक परामर्ससहित निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । गोरखा अस्पतालमा आइपुगेका हिंसा पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत अस्पतालले आवश्यक निःशुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ ।
     
    अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा हरिकुमार श्रेष्ठले हिंसापीडित व्यक्तिलाई मनोसामाजिक परामर्शसहित स्वास्थ्य सेवा प्रदान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत एकवर्षमा अस्पतालले ३६ हिंसापीडित महिलालाई उद्वार गरी उपचार सेवा प्रदान गरिएको छ ।”

    केन्द्रमार्फत पीडितहरुको वास्तविक समस्या बुझेर पीडितको जीवनको सुरक्षा प्रत्याभूत गराएर मात्र घर फर्काउने गरिएको उहाँले बताउनुभयो । “स्वास्थ्य अवस्था ठिक भएका हिंसापीडितलाई उपचारपछि घर पठाउने गरिएको छ, मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भन्नुभयो, “चाहे घरेलु हिंसा होस् चाहे लैङ्गिक वा यौन हिंसा होस् परेका हुन् सबै हिंसापीडितलाई आवश्यक उपचार र परामर्स सेवा प्रदान गरिँदै आएको छ ।”

    उपचारपछि पनि स्वास्थ्य अवस्था ठिक नभएका हिसांपीडितहरुलाई स्वास्थ्य अवस्था ठीक नभएसम्मका लागि सामाजिक विकास कार्यालय गोरखाको सहयोगमा खाने वस्ने सुविधासहित ‘सेफ हाउस’मा राख्ने गरिएकोसमेत उहाँले जानकारी दिनुभयो । ‘गोरखा अस्पताल र जिल्ला प्रहरी कार्यालय गोरखाको सिफारिसमा हिसांपीडित व्यक्तिलाई खाना बस्नको लागि सामाजिक विकास कार्यालय गोरखाले जिम्मा लिने गरेको छ । 

    अहिलेसम्मको तथ्याङक अनुुसार हिसांपीडित मध्येपनि धेरै यौन हिंसामा परेका पीडितले अस्पतालबाट मनोसामाजिक परामर्श सेवा लिएको पाइएको अस्पतालले जनाएको छ ।  “समाजका अगाडि पीडितहरुले सबै कुरा खोल्न गाह्रो मानिरहेका हुन्छन्, मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भन्नुभयो, “वास्तविक समस्या बुझेर उनीहरुका पीडा कम गर्ने र जीवनजिउने आत्माविश्वास बढाउँदै अस्पतालले उपचारको जिम्मा लिएर निःशुल्क उपचारसँगै परामर्शको जिम्मा लिने गरेको छ ।”

    हिंसामा परेका पीडितले निःशुल्क उपचार र मनोसामाजिक परामर्शले बाँच्ने हिम्मत बढाएको बताएछन् । अस्पतालमा पुगेर उपचार गराएपछि आत्माविश्वास बढेको उनीहरुको भनाइ छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend