Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

करोडौँ कुम्ल्याएका सोमराजः श्रीमती पनि पक्राउ, पीडितले गाडे जग्गामा झण्डा


११, साउन २०८०
  • 105
    SHARES
  • करोडौँ कुम्ल्याएका सोमराजः श्रीमती पनि पक्राउ, पीडितले गाडे जग्गामा झण्डा

    झापा । गौरादहबासीको करोडौँ झ्वाम्म पारेका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्माकी श्रीमतीलाई पनि प्रहरीले पक्राउ गरेको छ । सोमराजकी श्रीमती शुभद्रा विश्वकर्माको नाममा पनि रकम हिनामिनाको उजुरी पीडितले दिएपछि उनी पक्राउ परेकी हुन् । 

    बुधबार ६८ जना पीडितहरूले हिनामिना गरिदिएको ब्यहोरासहित संयुक्त उजुरी दिए पश्चात् सोमराजकी श्रीमतीको नाममा पक्राउ पुर्जी जारी गरि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालले बताए । 

    पछिल्लो समयमा पीडितहरूले समूह नै खडा गरि चरणबद्ध सङ्घर्षका कार्यक्रमहरु गर्दै आएका थिए । सोमराज पीडित समूहले बुधबार गौरादह ३ को अतिथि सदनमा आम भेलामा सरोकारवाला तथा दलगत प्रतिनिधिहरूले आआफ्नो धारणा राखेका थिए । आम भेला पछि समूहले गौरादह १ र २ वडामा सोमराजको नाममा भएको जग्गामा झण्डा गाडेका छन् । 

    यसअघि पक्राउ परेका सुनचाँदी व्यवसायी सोमराजलाई जिल्ला प्रहरी कार्यालय झापामा अनुसन्धा गरि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनलाई गत हप्ता प्रहरीले पूर्वी नाका काँकडभिट्टाबाट नियन्त्रणमा लिइएको थियो । 

    व्यवसायी विश्वकर्माले स्थानीयहरूको करिब ३० करोड जति रकम हिनामिना गरेको अनुमान छ । विश्वकर्मामाथि गौरादहका पाँच सय ८ जनाको करोडौँ रकम हिनामिना गरेर आरोप छ । प्रहरीले जफत गरेको सोमराजको डायरीमा भने ४ सय ९३ जनाको हिसाब देखिएको छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend