बुटवल । ओली वंश समन्वय समितिका केन्द्रिय प्रवक्ता भद्रबहादुर ओली (गोपाल) साविकको भेरी, सेती र महाकाली अञ्चलको संयोजक तोकिएका छन् । बुधवार काठमाण्डौंमा भएको केन्द्रिय कार्यसमितिको बैठकले प्रवक्ता ओलीलाई साविकका ती अञ्चलको संयोजकको जिम्मेवारी दिएको हो ।
ओली वंश समन्वय समिति केन्द्रिय कार्यालय दाङका अध्यक्ष हरि बहादुर ओलीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय संरक्षक अम्मर बहादुर ओली लगायतको उपस्थिती रहेको थियो । बैठकले प्रवक्ता ओलीलाई ओली वंशको वंशावली लेखन र संगठन निर्माण गर्नका लागि ती क्षेत्रका ग्रामिण स्तरमा पुगेर त्यहाँका बारेमा प्रतिवेदन ल्याउने र स्थानीय निकायहरु सँग पनि ओलीको बसोबास लगायत बारेमा जानकारी ल्याउनेगरी जिम्मेवारी दिईएको वंशका अध्यक्ष हरि बहादुर ओलीले बताएका छन् ।
अध्यक्ष ओलीले भने, अहिले हामी वंशको बारेमा वंशावली लेख्ने तयारीमा छौं । त्यसैले नेपालका ग्रामिण तथा पहाडी क्षेत्रमा बसेका सबैलाई समेट्ने गरी अगाडि बढेकाले कोही नछुटोन भनेर प्रवक्तालाई साविकका तीन अञ्चलहरुको जिम्मेवारी दिईएको हो । वंशावलीलाई सरल भाषा र सहज रुपमा अध्ययन गर्न सकिने मौलिक एवं इतिहासलाई जोडेर लेख्ने वताए ।
यता संयोजकको जिम्मेवारी सम्हालेका गोपालले आफुले वंशले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्ने जनाएका छन् ।
कार्यक्रममा जागेश्व वली, वंशका दाङ जिल्ला अध्यक्ष रेख वहादुर वली र केन्द्रीय सदस्य यज्ञ वलीको पनि उपस्थिति रहेको थियो ।