Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीको जंगलमा आगो लगाउने पक्राउ


२, जेठ २०८०
  • 137
    SHARES
  • अर्घाखाँचीको जंगलमा आगो लगाउने पक्राउ

    अर्घाखाँची । अर्घाखाँचीको जंगलमा आगो लगाउने चार जना पक्राउ परेका छन् । भूमिकास्थान नगरपालिका २ तिरतिरे खोलाको जंगलमा आगो लगाउने चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

    पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका २ निवासी ३६ वर्षिय दिनेश थापा, सोही ठाउँ निवासी १८ वर्षिय दिपक विक, ७० वर्षिय देविराम बेल्वासे र ३६ वर्षिय धर्मराज बेल्वासे रहेको प्रहरीको मुचुल्कामा उल्लेख छ ।

    वैशाख २६ गते देविराम र पिताम्बर दुई दाजुभाई घाँस काटेर फर्किने क्रममा उक्त जंगलमा बंदेल लगायत जंगली जनावरले सास्ती दिएको भन्दै आगो लगाएको र दिनेश थापा र दिपक विकलाई फोन गरेर पारीपट्टीको जंगलमा पनि आगो लगाउन भनेको बयान दिएको बताईएको छ।

    ‘मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १८२ र हेलचेक्रराइँ गरी ज्यान मार्न नहुने ३ उपदफा १ मा लेखिएदेखि बाहेक कसैको ज्यान मर्न सक्छ जस्तो नदिएको अवस्थामा कसैले कुनै काम गर्दा भवितव्यमा परी कसैको ज्यान गएमा निजलाई महिना देखि दुई वर्ष सम्म कैद वा बीस हजार रुपैँयासम्म गरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

    उनीहरु चारै जनालाई वैशाख ३१ गते पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्या दर्ता गरी घटना बारे थप अनुसन्धान भैरहेको प्रमुख रिजालले जानकारी दिए । उक्त जंगलमा लागेको डढेलो एक्कासि बस्तीमा पस्दा चार जनाको जलेर मृत्यु भएको थियो । जंगलबाट सल्किएको आगो स्थानीय ५५ वर्षीय पदम बेलबासेको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको थियो ।

    सोही घरको आगो निभाउने क्रममा घरधनी पदम बेलबासे, ३६ वर्षीय माधव बेलबासे, ५२ वर्षीय घनश्याम बेलबासे, ७२ वर्षीय पिताम्बर बेलबासेको उपचारका क्रममा मृत्यु भएको थियो । त्यस्तै आगलागीमा परेर गम्भीर घाइते भएकी २६ वर्षीय अस्मिता बेलबासेको अवस्था सामान्य रहेको जनाईएको छ । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend