बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य प्रदीप पौडेलले सुन काण्डको सतहीमा पुगेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले भरियामात्रै नभएर योजनाकारसम्म पुग्नेगरी अनुसन्धान गर्न आग्रह गर्दै सामान्य मजदुरको टाउकोमा मात्रै दोस थुपार्ने काम नगर्न आग्रह गर्नुभयो ।
नेपाल प्रेस युनियन रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सुन तस्करीमा संलग्न व्यक्ति पक्राउ परेपछि संसद अवरोध गर्ने काम पनि राम्रो नभएको बताउनु भयो । उहाँले त्यो काण्डको बिरोध गर्ने राम्रो कुरा भएपनि अनुसन्धान हुँदा हुँदै विरोध तथा संसद अवरोध गर्ने काम राम्रो नभएको बताउनु भएको हो । उहाँले सुन काण्डको जरैसम्म पुगेर अनुसन्धान गर्न र मुख्य योजनाकारलाई समात्न आग्रह गर्दै अनुसन्धान गरेझै गर्ने, सामान्य मजदुरको टाउकोमा दोस थुपारेर दोषीलाई उम्काउने काम भयो भने गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था पनि आउन सक्ने स्पष्ट पार्नुभएको हो।
उहाँले मुलुकमा भ्रष्टाचार बढेको बताउँदै भ्रटाचार रोक्नको लागि दलहरु जिम्मेवार हुनुपर्ने भनाई राख्नुभयो । पुँजीगत खर्चभन्दा चालुखर्च चार गुणा बढी खर्च भएको बताउँदै त्यो पनि पुरा खर्च गर्न नसकिएको बताउनुभयो । विगत १५ वर्षको तथ्यांकमा ८५ प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुन नसकेको उल्लेख गर्दै भष्टाचार, अनियमितता र बेरुजु यसको प्रमुख कारण भएको जनाउनु भयो ।
साथै उहाँले प्रतिनीधि सभामा सांसद संख्या खटाउनु पर्ने, मन्त्रीपरिषदको आकार पनि सिमित संख्याको बनाउनुपर्ने बताउँदै त्यसलाई समावेशी प्रकृतिको बनाउन पनि सकिने भनाई र सम्पन्न पार्टीको केन्द्रिय समिति बैठकमा पनि यो कुरा उठाएको बताउँदै उहाँले भन्नुभयो– ‘प्रतिनीधि सभाको संख्या घटाएर २०१ बनाउन सकिन्छ, त्यसैअनुसार प्रदेश सभाको पनि संख्या घटाउन सकिन्छ, त्यसमा समावेशी चरित्रको हुँदैनकी भन्ने चिन्ता होला, त्यो पनि मिलाउन सकिन्छ । नेता पौडेलले संघीयतालाई बलियो बनाउनको लागि पनि राजनीतिक तथा प्रशासनिक खर्च घटाउनु पर्ने बताउनुभयो ।
उहाँले पार्टीको केन्द्रीय समितिको बैठक लाईभ गरेर पनि मास वेस्ड पार्टीको चरित्र प्रदर्शन गरेको बताउँदै अब हुने बैठकमा पनि लाईभ हुने बताउनु भयो । ‘अब हुने बैठकमा पनि लाईभ हुन्छ ।’ उहाँले भन्नुभयो–‘अब पछाडि फर्किन मिल्दैन ।