Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

साउन १५ खीर खाने दिन


१५, साउन २०८०
  • 190
    SHARES
  • साउन १५ खीर खाने दिन

    नेपाली समाजका सनातन परम्परामा निकै रोचक र बैज्ञानिक तथ्यहरु फेला पर्दछन् । हरेक पर्वहरुसग यो चराचर जगत् को अन्योन्याश्रित रुपमा सम्बन्ध रहेको छ। यसै सन्दर्भमा श्रावण १५ लाई विशेष रुपमा नेपाली समाजले लिने गरेको छ।

    असारको १५ दहीचिउरा खानू, साउनको १५ खीर, भन्ने उक्ति परापुर्वकालदेखि नै नेपाली समाजमा व्याप्त रहिआएको छ। पौष्टिक आहारका रुपमा पनि खीरको महत्व उत्तिकै छ । सात्विक भोजनमा पर्ने खीर खाँदा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ भन्ने कुरालाई आजको विज्ञानले पनि नकार्न नसकिरहेको सन्दर्भमा साउन १५ को महत्त्व पछिल्लो पुस्तासम्म पनि निकै लोकप्रिय रहिआएको छ। त्यसैले १५ साउनको दिन घर घरमा खीर खाने गरिन्छ । किसानहरुले धान तथा महत्वपूर्ण बाली रोपेर आराम लिने महिना पनि श्रावण भएको र महत्त्वपूर्ण कार्य समाप्तिपछि आरामका साथमा मीठा खानेकुरा खाने पर्वका रुपमा पनि साउन १५ को खीर खाने दिन जोडिएको हुन सक्छ ।नेपाली सनातन परम्परा अनुसार घरघरमा खीर र मिष्ठान्न भोजन खाएर यो पर्व मनाइँदैछ । वर्ष दिनभरिमा कहिले जौ को सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ ।

    नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिक मान्यता छ । साउन महिना वर्षात् समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खीर खाने गरिन्छ । खीरमा रोग प्रतिरोधात्मक क्षमता पर्याप्त हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खीर खाने गरेको प्रसङ्गलाई स्वास्थ्य विज्ञानसँग पनि जोडेर हेर्न सकिन्छ।

    हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोग प्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ ।

     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend