काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिने बतार्इएको छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको जनाईएको छ ।
प्रधानन्यायाधीश कार्की अनिवार्य अवकाशमा जानु भन्दा एक महिना अगावै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन ।