काठमाडौँ । नेपाल निर्माण ब्यवसायी महासङघले निर्माण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप , मुल्य समायोजन , उपभोक्ता समिति खारेजी लगायतका ९ बुदेँ मागहरु राखेर सडक आन्दोलनमा उत्रेका छन ।
यसै क्रममा हेभी यन्त्र उपकरण तथा औजार सहित प्रधानमन्त्रीको निजी निवास बालुवाटार अगाडी आज बिहान ९ बजे देखी १० बजेसम्म एक घन्टा धर्ना कार्यक्रम गर्ने रहेको छ ।
त्यस्तै दिनको ३ बजे देखी ४ बजे सम्म एक घन्टा हेभी यन्त्र उपकरण तथा औजार सहित ससंद भवन अगाडी धर्ना कार्यक्रम गर्ने महासङघका महासचिव रोशन दाहालले बताउनु भयो ।