Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आवास बीमा गर्दै नेपालगञ्ज उपमहानगरपालिका


१७, साउन २०८०
  • 115
    SHARES
  • आवास बीमा गर्दै नेपालगञ्ज उपमहानगरपालिका

    नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आवास बीमा कार्यक्रम अगाडि सारेको छ। उपमहानगरपालिकाले विपद जोखिम सम्बन्धी कार्यविधि २०८० बनाएर आवास बीमा कार्यक्रम अघि सारेको हो।

    उपमहानगरपालिकाले नगरका घरलाई दुई तरिकाले बीमा गर्दैछ, विपद दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा। विपद दुर्घटना बीमामा नगरभित्रका सबै घरहरूको बीमा गरिने छ भने जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको बीमा गर्नेछ।

    जोखिम क्षेत्रको पहिचान नेपालगञ्ज उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिले गर्ने र बीमा गर्ने व्यक्ति र भवनको संख्या उपमहानगरपालिकाले बीमा कम्पनीलाई उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो।

    उपमहानगरपालिकाले १५ लाखसम्मको बीमा गरिदिने तयारी गरेको छ। १५ लाखसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने र १५ लाख भन्दा माथिको हकमा व्यक्ति स्वयंमले प्रिमियम तिर्नुपर्नेछ। १५ लाखको बीमा गर्दा ५ सय ८४ रुपैयाँ प्रिमियम पर्दछ ।

    प्रमुख प्रशासकीय अधिकृत रिजालले उपमहानगरपालिकाले अघि सारेको निर्जीवन बीमा कार्यक्रम नेपालमै पहिलो भएको बताउनु भयो। यो बीमाका लागि कार्यविधिसँगै बजेट व्यवस्थापन गरिएको छ। आवास बीमाका लागि उपमहानगरपालिकाले यो वर्ष दश लाख रुपैयाँ छुट्याएको छ। उपमहानगरपालिकाको विपद कोषमा भने एक करोड ३८ लाख रुपैयाँ रहेको छ।

    नेपालगञ्ज उपमहानगरपालिकामा ३२ हजार घरधुरी रहेका छन्। नेपालगञ्जको वडा ३ र ७ मा सहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) एक वर्षदेखि सञ्चालनमा रहेको छ। सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend