Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पाँचथर र ताप्लेजुङमा भीषण बाढी: जलविद्युत् आयोजना, भौतिक पूर्वाधार र खेतीबालीमा ठुलो क्षति


१०, जेठ २०८३
  • 119
    SHARES
  • पाँचथर र ताप्लेजुङमा भीषण बाढी: जलविद्युत् आयोजना, भौतिक पूर्वाधार र खेतीबालीमा ठुलो क्षति

    पाँचथर । गएराति परेको अविरल वर्षाका कारण आएको भीषण बाढीले पाँचथर र ताप्लेजुङ क्षेत्रका विभिन्न जलविद्युत् आयोजना, खानेपानी तथा सिँचाइ पूर्वाधार र खेतीयोग्य जमिनमा ठुलो क्षति पुर्‍याएको छ। बाढीका कारण पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्र (ड्याम साइट) को पर्खाल भत्किएको छ। यस्तै, याङवरक गाउँपालिका–२ मेवाखोलामा रहेको मेवाखोला जलविद्युत् आयोजनामा समेत बाढीले व्यापक क्षति पुर्‍याएको छ भने अरुण काबेली जलविद्युत् आयोजनामा पनि बाढीका कारण गम्भीर असर परेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

    बाढीले जलविद्युत् आयोजनाहरू मात्र नभई स्थानीयवासीको निजी सम्पत्ति र कृषिक्षेत्रमा पनि ठुलो नोक्सानी पुर्‍याएको छ। याङवरक–४ सिगेवाका स्थानीय बासिन्दा लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर बगाएपछि ठुलो आर्थिक क्षति भएको छ। यसैगरी, बाढीपहिरोका कारण सो क्षेत्रका महत्त्वपूर्ण सार्वजनिक पूर्वाधारहरू पनि ध्वस्त भएका छन्। प्रहरीका अनुसार टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना तथा मेची पहाडी खानेपानी योजनामा बाढीले व्यापक क्षति पुर्‍याएपछि स्थानीय क्षेत्रमा खानेपानी र सिँचाइको समस्या उत्पन्न भएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend