Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा, ३३ बुँदे प्रतिबद्धता सार्वजनिक


१०, जेठ २०८३
  • 85
    SHARES
  • ऋषि धमलाको नेतृत्वमा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा, ३३ बुँदे प्रतिबद्धता सार्वजनिक

    काठमाडौं– स्वतन्त्र नागरिक अभियान नेपालले देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित विस्तृत ३३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

    वरिष्ठ पत्रकार ऋषि धमलाको नेतृत्वमा काठमाडौँमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै स्वतन्त्र नागरिक अभियान नेपालको घोषणा गरेको हो । 

    सो अभियानले भ्रष्टाचार, नातावाद, दण्डहीनता तथा राजनीतिक स्वार्थकाविरुद्ध उभिँदै नागरिक अधिकार, सम्मान र भविष्यको सुनिश्चितताका लागि साझा जनअभियान अगाडि बढाउने जनाएको छ । 

    कार्यक्रममा बोल्दै ऋषि धमलाले देशभर रहेका पीडित नागरिकलाई न्याय दिलाउन र सरकारलाई सुशासन तथा विकासका लागि दबाब दिन अभियान सुरु गरिएको बताए ।

    उनले जेन-जी आन्दोलनका घाइते तथा पीडितहरूको अवस्था अझै दयनीय रहेको उल्लेख गर्दै उनीहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

    कार्यक्रममा नागरिक अगुवा कृष्ण पहाडीले लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्न नागरिक समाज सचेत हुनुपर्नेमा जोड दिए । उनले सामाजिक न्यायको मुद्दालाई अझ सशक्त रूपमा उठाउनुपर्ने धारणा राखे ।

    त्यस्तै राजनीतिक विश्लेषक सुरेन्द्र केसीले अभियानलाई स्पष्ट एजेन्डा र योजनासहित अघि बढाउनुपर्ने बताए । समाजले वैकल्पिक राजनीतिक खोजी गरिरहेको उल्लेख गर्दै केसीले नाराभन्दा व्यवहारिक काम आवश्यक रहेको धारणा राखे ।

    अभियानले भ्रष्टाचारमुक्त शासन व्यवस्था, छिटो न्याय प्रणाली, डिजिटल सुरक्षा, कृषि तथा उद्योग संरक्षण, युवालाई उद्यमशीलतामा प्रोत्साहन र आत्मनिर्भर अर्थतन्त्र निर्माणलगायतका एजेन्डा अघि सारेको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend