काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो साढे ३ बजेका लागि तय गरिएको हो। यस नियमित तथा आकस्मिक प्रशासनिक विषयहरूमा निर्णय गर्न बस्न लागेको बैठकका मुख्य एजेन्डाहरू र छलफलका विषयबारे भने आधिकारिक रूपमा विस्तृत जानकारी गराइएको छैन।