Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

वैदेशिक रोजगारीका नाममा करोडौँ ठगी गर्ने दुई भारतीय नागरिकसहित सात जना पक्राउ


१२, जेठ २०८३
  • 78
    SHARES
  • वैदेशिक रोजगारीका नाममा करोडौँ ठगी गर्ने दुई भारतीय नागरिकसहित सात जना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–११ स्थित डब्लुडब्लुआइसिएस अध्यागमन सेवा नेपाल प्रालिका सञ्चालक (काठमाडौँ महानगरपालिका–२६ बस्ने) भारत पञ्जाव मोहालीका २६ वर्षीय अमितकुमार र (काठमाडौँ महानगरपालिका–३ बस्ने) भारत हरियाणा फरिदावादका ३९ वर्षीय राहुल कुमार रहेका छन्।

    त्यस्तै अन्य पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने चितवन कालिका नगरपालिका–६ की २७ वर्षीया मुस्कान घिमिरे, मकवानपुर बकैया गाउँपालिका–९ का ३९ वर्षीय जनकबहादुर वाइबा, सुनसरी रामधुनी नगरपालिका–५ का २७ वर्षीय मिलन घिमिरे, काठमाडौँ महानगरपालिका–१५ बस्ने मोरङ बेलबारी नगरपालिका–३ का २७ वर्षीय कमल थापा तथा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ की ४० वर्षीया नितु घिमिरे रहेका छन्।

    प्रहरीका अनुसार पक्राउ परेकामध्ये अमित र राहुलले क्यानडा पठाइदिने भन्दै रु एक करोड ५७ लाख ६५ हजार ४०० ठगी गरेको अभियोग छ। त्यसैगरी मुस्कानले ग्रिस पठाउने भनी रु १२ लाख, जनकले फ्रान्स पठाउने भन्दै रु १६ लाख, र मिलनले क्रोएसिया पठाउने भनी रु तीन लाख ३५ हजार ठगी गरेको प्रहरीले जनाएको छ। त्यस्तै, कमलले बेलायत, रोमानियालगायत देशमा पठाउने भन्दै रु २७ लाख ५० हजार र नितुले अमेरिका पठाउने भन्दै रु २६ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको उपरीक्षक कार्कीले बताए।

    पक्राउ परेकामध्ये अमित र राहुललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। अर्कातर्फ, ठगी कार्यमा संलग्न अन्य अभियुक्तहरू मुस्कान, जनक, मिलन, कमल र नितुलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend