Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लोकतन्त्रवादी पत्रकारहरूको साझा छाता ‘नेपाल प्रेस युनियन’ को ३५औँ स्थापना दिवस आज, काठमाडौंमा विधान महाधिवेशन हुँदै


१३, जेठ २०८३
  • 70
    SHARES
  • लोकतन्त्रवादी पत्रकारहरूको साझा छाता ‘नेपाल प्रेस युनियन’ को ३५औँ स्थापना दिवस आज, काठमाडौंमा विधान महाधिवेशन हुँदै

    काठमाडौं l नेपालका लोकतन्त्रवादी पत्रकारहरूको अग्रणी तथा साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर विविध कार्यक्रम आयोजना गर्दै आफ्नो ३५औँ स्थापना दिवस मनाइरहेको छ । स्थापना दिवसको अवसरमा युनियनले काठमाडौंमा विधान महाधिवेशन समेत आयोजना गरेको छ ।

    युनियनका अध्यक्ष शिव लम्सालका अनुसार विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ भने त्यसपछि बिहान ९ बजेदेखि विधान महाधिवेशन औपचारिक रूपमा सुरु हुनेछ । महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम तय गरिएको छ ।

    विधान महाधिवेशनमा सहभागी हुन देशभरका शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिएका प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । युनियनका उपाध्यक्ष जीवन भण्डारीले महाधिवेशनले संगठनलाई थप सशक्त, व्यवस्थित र समयानुकूल बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनको उपलब्धिका रूपमा भएको थियो । स्थापना कालदेखि नै युनियनले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य, श्रमजीवी पत्रकारको अधिकार तथा सञ्चार क्षेत्रको व्यावसायिक विकासका पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

    नेपालबाट अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) को सदस्यता प्राप्त गर्ने पहिलो पत्रकार संगठनका रूपमा समेत युनियनले विशेष पहिचान बनाएको छ । युनियनको पहिलो तदर्थ समितिको संयोजक पूर्वमन्त्री तथा पत्रकार जेपी गुप्ता रहनुभएको थियो ।

    संस्थापक सदस्यहरूमा हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान रहनुभएको थियो ।

    युनियनको नेतृत्व हालसम्म हरि अधिकारीदेखि बद्री सिग्देलसम्मका विभिन्न पत्रकार नेताहरूले सम्हालिसक्नुभएको छ भने हाल संगठनको नेतृत्व शिव लम्सालले गरिरहनुभएको छ ।
    महासचिव दिलीप पौडेलका अनुसार नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकारहरूको हकअधिकार, प्रेस स्वतन्त्रता, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा मिडियामैत्री कानुन निर्माणका लागि निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएको छ

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend