Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सरकारले बाँड्यो ४० लाखभन्दा बढीलाई राष्ट्रिय परिचयपत्र, १२ निकायसँग प्रणाली अन्तरआबद्ध


१३, जेठ २०८३
  • 68
    SHARES
  • सरकारले बाँड्यो ४० लाखभन्दा बढीलाई राष्ट्रिय परिचयपत्र, १२ निकायसँग प्रणाली अन्तरआबद्ध

    काठमाडौं। सरकारले हालसम्म देशका ४० लाख ३३ हजार ४० जना नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। सरकारले हालै सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण–२०८३’ अनुसार हालसम्म कुल ७५ लाख ८१ हजार १८३ थान परिचयपत्र कार्ड छपाई भइसकेका छन्, जसमध्ये उल्लेखित संख्यामा कार्ड नागरिकको हातमा पुगिसकेका हुन्।

    यसैगरी, परिचयपत्र निर्माणका लागि विवरण सङ्कलन कार्य पनि तीव्र रूपमा अघि बढिरहेको छ। सर्वेक्षण प्रतिवेदनअनुसार वि.सं. २०८२ फागुन महिनासम्ममा २ करोड १३ हजार ५५३ जना नेपाली नागरिकको वैयक्तिक तथा जैविक (बायोमेट्रिक) विवरण सङ्कलन भइसकेको छ।

    परिचयपत्रलाई बहुउपयोगी बनाउने उद्देश्यस्वरूप सरकारले यसको प्रणालीलाई अन्य महत्वपूर्ण सरकारी सेवाहरूसँग पनि जोडेको छ। जसअनुसार हालसम्म राष्ट्रिय परिचयपत्र प्रणालीलाई राहदानी विभाग, आन्तरिक राजस्व विभाग, निर्वाचन आयोग, सामाजिक सुरक्षा र कर्जा सूचना केन्द्र लगायत १२ वटा सरकारी तथा सार्वजनिक निकायका प्रणालीहरूसँग अन्तरआबद्ध (इन्टिग्रेट) गरिसकिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend