Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच व्यापार, लगानी र नेपाली श्रमिक सुरक्षाबारे छलफल


१३, जेठ २०८३
  • 93
    SHARES
  • चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच व्यापार, लगानी र नेपाली श्रमिक सुरक्षाबारे छलफल

    काठमाडौं l नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरबीच मंगलबार नेपाल चेम्बर अफ कमर्स सचिवालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा नेपाल–साउदी द्विपक्षीय व्यापार, लगानी, पर्यटन प्रवर्द्धन तथा खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा र हितका विषयमा गहन छलफल भएको हो।

    भेटमा अध्यक्ष अग्रवालले साउदी अरेबिया नेपालका लागि महत्वपूर्ण आर्थिक साझेदार भएको उल्लेख गर्दै वैदेशिक रोजगारी, रेमिट्यान्स र लगानीका दृष्टिले साउदीको योगदान उल्लेखनीय रहेको बताउनुभयो। उहाँले हाल नेपाल–साउदी द्विपक्षीय व्यापार करिब १० मिलियन अमेरिकी डलर रहेको जानकारी दिँदै त्यसमा ९ मिलियन डलर बराबरको आयात र १ मिलियन डलर बराबरको निर्यात रहेको बताउनुभयो।

    अग्रवालले नेपाल र साउदीबीचको सम्बन्धलाई केवल श्रम सहकार्यमा सीमित नराखी व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र आर्थिक विकासका क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालमा जलविद्युत, कृषि, जडीबुटी, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा लगानीका अपार सम्भावना रहेको उल्लेख गर्दै स्थिर सरकार गठनसँगै निजी क्षेत्र उत्साहित बनेको र विदेशी लगानीका लागि वातावरण थप सकारात्मक भएको धारणा राख्नुभयो।

    उहाँले साउदी अरेबियाको “भिजन २०३०” कार्यक्रम नेपालका लागि अवसरको नयाँ ढोका भएको उल्लेख गर्दै नियोम, द रेड सी परियोजना र क्युदिया जस्ता मेगा परियोजनाहरूमा नेपाली जनशक्ति, निर्माण व्यवसायी तथा सहायक उद्योगहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो।
    अध्यक्ष अग्रवालले खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै हजारौं नेपाली युवा साउदी अरेबियामा निर्माण, पूर्वाधार, सुरक्षा सेवा, आतिथ्य, स्वास्थ्य, यातायात तथा लजिस्टिक्स क्षेत्रमा कार्यरत रहेको जानकारी दिनुभयो।

    सो अवसरमा राजदूत मनिकरले साउदी अरेबिया विदेशी लगानी तथा आर्थिक साझेदारीका लागि अझ खुला बन्दै गएको बताउनुभयो। उहाँले सन् २०३० को एक्स्पो तथा सन् २०३४ को फिफा विश्वकपजस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले नेपाल-साउदी सहकार्यका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो समय साउदी अरेबियामा अन्तर्राष्ट्रिय कम्पनीहरूको आगमन तीव्र बन्दै गएको र विदेशी लगानी आकर्षण उल्लेखनीय रूपमा बढिरहेको उहाँको भनाइ थियो।

    छलफलका क्रममा पश्चिम एसियाको पछिल्लो परिस्थितिबारे पनि विचार आदानप्रदान भएको थियो। विशेषगरी त्यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा, अधिकार र हित संरक्षणका विषयमा दुवै पक्षले गम्भीर चासो व्यक्त गरेका थिए। राजदूत मनिकरले आफ्नो कार्यकालमा नेपाल-साउदी सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले नेपालमा लगानीको वातावरण सुधारोन्मुख रहेको र निजी क्षेत्र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा प्रतिबद्ध रहेको बताउनुभयो।

    नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। नेपालले सन् १९७८ मा रियादमा दूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०२२ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको हो। त्यसयता दुई देशबीचको सम्बन्ध श्रम सहकार्यबाट अघि बढ्दै व्यापार, पर्यटन, सुरक्षा, पूर्वाधार तथा लगानी साझेदारीसम्म विस्तार हुँदै आएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend