Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सुकुम्बासीमाथि ‘डोजर राजनीति’ अमानवीय : कांग्रेस सभापति थापा


१५, जेठ २०८३
  • 124
    SHARES
  • सुकुम्बासीमाथि ‘डोजर राजनीति’ अमानवीय : कांग्रेस सभापति थापा

    काठमाडौं l नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भूमिहीन तथा सुकुम्बासी समुदायको व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन् । उनले योजना र संवेदनशीलताविना गरिएका बस्ती हटाउने कार्यलाई “अमानवीय” र “गरिबविरोधी” कदमको संज्ञा दिएका छन् ।

    नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको “विस्थापनको व्याकुलता : सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण” विषयक ग्रिन टेबल छलफल कार्यक्रममा बोल्दै थापाले सुकुम्बासी बस्तीलाई केवल अव्यवस्थित संरचनाका रूपमा नभई नागरिकको जीवन, सपना र अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्न आग्रह गरे ।

    “बाहिरबाट हेर्दा खोला किनारको अव्यवस्थित बस्ती देखिएला, तर त्यहीँ उनीहरूको संसार छ,” थापाले भने, “कोही पनि रहरले खोला किनारमा बस्दैन । बाध्यता, गरिबी र राज्यको असफलताले त्यहाँ पुर्‍याएको हो ।”
    उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको स्मरण गराउँदै सरकार कानुनी र मानवीय दायित्वबाट विमुख भएको आरोप लगाए । “भूमिहीन र सुकुम्बासीलाई कहाँ, कसरी र कुन योजनाअन्तर्गत स्थानान्तरण गर्ने भन्ने स्पष्ट नीति हुनुपर्थ्यो,” उनले भने, “राति सुतेका मानिस बिहान उठ्दा डोजरले टहरा भत्काएको देख्नु सभ्य राज्यको व्यवहार हुन सक्दैन ।”

    सभापति थापाले सरकार गरिबीविरुद्ध लड्नुपर्नेमा गरिबकै विरुद्ध उभिएको टिप्पणी गरे । “गरिबी र गरिब फरक कुरा हुन्,” उनले भने, “कोही पनि जन्मजात वा रहरले गरिब हुँदैन । राज्यको दायित्व अवसर सिर्जना गर्नु हो, विस्थापन होइन ।” उनले असुरक्षित बसोबासका कारण बालबालिकाको शिक्षा, परिवारको दैनिकी र मानसिक स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै विस्थापनले तनाव, चिन्ता र अवसादजस्ता समस्या बढाएको बताए ।

    कार्यक्रममा सभापति थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सही दिशा देखाउनु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै सुकुम्बासी तथा भूमिहीन समुदायको समस्या समाधानमा संवेदनशील, योजनाबद्ध र दीर्घकालीन नीति आवश्यक रहेको धारणा राखे ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend