Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

भारतबाट उद्धार गरिएका ४५३ नेपाली बेलहिया नाका हुँदै स्वदेश फिर्ता


१६, जेठ २०८३
  • 76
    SHARES
  • भारतबाट उद्धार गरिएका ४५३ नेपाली बेलहिया नाका हुँदै स्वदेश फिर्ता

    बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीलाई बेलहिया नाका हुँदै स्वदेश फर्काइएको छ।

    भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले कुशीनगर पुगेर उनीहरूको उद्धार गरेको हो।

    उद्धार गरिएकाहरूलाई भारतको सुनौली हुँदै बेलहिया नाकाबाट भैरहवा ल्याइएको प्रहरीले जनाएको छ। रूपन्देहीका प्रहरी प्रमुख (एसपी) जनकबहादुर शाहीका अनुसार भारतीय राजदूतावासको समन्वय तथा एसएसपी प्रकाश मल्लको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोलीले उनीहरूको उद्धार गरेको हो।

    उद्धार गरिएका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको छ। आठवटा भारतीय बसमा राखेर नेपाल ल्याइएका उनीहरूको विवरण सङ्कलन तथा स्क्रिनिङ प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।

    उद्धार गरिएकामध्ये करिब आधा सङ्ख्या महिलाको रहेको एसपी शाहीले रातोपाटीलाई बताए। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूमध्ये केही अलपत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर नेपालबाट भारत पुर्‍याई बन्दक बनाइएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ।

    आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाएर घर पठाइने प्रहरीले जनाएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend