Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

पर्वतको आर्थरमा जिप दुर्घटना, वडा सदस्यको मृत्यु, दुई जना घाइते


१९, जेठ २०८३
  • 137
    SHARES
  • पर्वतको आर्थरमा जिप दुर्घटना, वडा सदस्यको मृत्यु, दुई जना घाइते

    पर्वत -  जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा सोमबार राती भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरको वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको जिप सोमबार राति करिब पौने ९ बजेको समयमा अँधेरीनेटा भन्ने स्थानमा दुर्घटनामा परेको हो।

    दुर्घटनामा परी आर्थरका वडा सदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको हो। टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि पोखरा लगिएकोमा चिकित्सक मृत घोषणा गरेका हुन्।

     दुर्घटनामा जिपका चालक आर्थरकै २७ वर्षिय बुद्धि सागर पौडेल र ४६ वर्षिय राजेन्द्र पौडेल घाइते भएका छन्। उनीहरू दुवैको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको तथा अवस्था मध्यम रहेको तथा थप उपचार पोखरामा भइरहेको प्रहरीले बताएको छ।

    यात्रुहरूलाई छोडी चालक घर फर्किने क्रममा भएको दुर्घटनामा उक्त बलेरो पिक अप जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend