Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

विश्वकै अग्रणी राइड शेयरिङ कम्पनी उबर जेठ २२ देखि नेपालमा


१९, जेठ २०८३
  • 59
    SHARES
  • विश्वकै अग्रणी राइड शेयरिङ कम्पनी उबर जेठ २२ देखि नेपालमा

    काठमाडौं । विश्वकै अग्रणी राइड शेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक सेवा विस्तार गर्ने तयारी पूरा गरेको छ। कम्पनीले आगामी जेठ २२ गतेदेखि नेपालमा व्यावसायिक सेवा सुरु गर्ने घोषणा गर्दै सोही दिन विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो रणनीति, सेवा संरचना र भावी योजनाबारे जानकारी दिने भएको छ। यससँगै नेपालमा डिजिटल यातायात सेवाको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थप तीव्र हुने अपेक्षा गरिएको छ।

    उबरको नेपाल प्रवेशलाई महत्व दिँदै कम्पनीका राइड्स एप्याकका उपाध्यक्ष तथा क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलर स्वयं काठमाडौं आउने कार्यक्रम तय गरिएको छ। नेपाललाई दक्षिण एसियाली बजार विस्तारको महत्वपूर्ण गन्तव्यका रूपमा हेरेको उबरले स्थानीय बजारमा सहज र प्रभावकारी सञ्चालनका लागि नेपाली राइड शेयरिङ कम्पनी ट्याक्सीमाण्डोसँग रणनीतिक साझेदारी गरेको छ।

    सम्झौताअनुसार ट्याक्सीमाण्डोले नेपालमा उबरको ‘ब्याक–अफिस पार्टनर’का रूपमा काम गर्नेछ भने ट्याक्सीमाण्डोसँग आबद्ध चालकहरू स्वतः उबरको अन्तर्राष्ट्रिय नेटवर्कमा समेत आबद्ध हुनेछन्। यसले चालकहरूलाई थप यात्रु पहुँच र आम्दानीको अवसर प्रदान गर्ने विश्वास गरिएको छ। यसअघि ट्याक्सीमाण्डोले अन्तर्राष्ट्रिय राइड शेयरिङ कम्पनी यांगोलाई पनि यस्तै प्रकारको ब्याक–अफिस सेवा उपलब्ध गराउँदै आएको थियो।

    नेपालमा उबरको प्रवेशलाई प्रविधिमैत्री यातायात सेवाको नयाँ अध्यायका रूपमा हेरिएको छ। यसले यात्रुहरूलाई थप विकल्प, सहज बुकिङ प्रणाली र अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव प्रदान गर्नुका साथै स्थानीय राइड शेयरिङ बजारमा प्रतिस्पर्धा र सेवा गुणस्तर दुवै बढाउने अपेक्षा गरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend