Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

संसदको झण्डा सगरमाथाको शिखरमा पुर्‍याउने सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित


१९, जेठ २०८३
  • 53
    SHARES
  • संसदको झण्डा सगरमाथाको शिखरमा पुर्‍याउने सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित

    काठमाडौँ । संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मिङ्मा ग्याबु शेर्पालाई विशेष समारोहबीच सम्मान गरिएको छ। मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई सम्मान गर्दै साहस, समर्पण र राष्ट्रिय गौरवको प्रतीकका रूपमा प्रशंसा गरेका हुन्।

    हिमाल आरोहण क्षेत्रमा निरन्तर नयाँ कीर्तिमान स्थापित गर्दै आएका सांसद शेर्पाले सभामुखको अनुमतिमा संसदको झण्डा बोकेर गत जेठ १३ गते बिहान ५:४० बजे सगरमाथाको सफल आरोहण गरेका थिए। नेपालको संसदीय संस्थाको पहिचान विश्वको सर्वोच्च शिखरसम्म पुर्‍याउने उनको अभियानलाई ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।

    आरोहणअघि सभामुख अर्यालले नै सांसद शेर्पालाई औपचारिक रूपमा बिदाइ गरेका थिए। सफल आरोहणपछि आयोजित सम्मान कार्यक्रममा संसदको प्रतिष्ठा, राष्ट्रिय गौरव र हिमाल आरोहण क्षेत्रमा नेपालको पहिचानलाई थप उचाइमा पुर्‍याउन शेर्पाले खेलेको भूमिकाको उच्च मूल्यांकन गरिएको थियो।

    सगरमाथाको चुचुरोसम्म संसदको झण्डा फहराउँदै सांसद शेर्पाले नेपालको संसदीय लोकतन्त्र र राष्ट्रिय गौरवलाई विश्वसामु चिनाउने महत्वपूर्ण सन्देश दिएको बताइएको छ। उनको यो उपलब्धिलाई खेल, पर्यटन र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको प्रेरणादायी उदाहरणका रूपमा समेत हेरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend