Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक २५ गतेसम्म स्थगित


१९, जेठ २०८३
  • 51
    SHARES
  • प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको अवरोध, प्रतिनिधिसभा बैठक २५ गतेसम्म स्थगित

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद्‍मा चर्को विरोध जनाएपछि प्रतिनिधिसभा बैठक २५ गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा निरन्तर अवरोध भएपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक २५ गते बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन्।

    बैठकका क्रममा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउँदै सभामुखको आसनअगाडि रहेको बेल घेराउ गरेका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

    विपक्षी दलहरूको मुख्य माग प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा दिएको ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिबारे सार्वजनिक रूपमा माफी माग्नुपर्ने रहेको छ। उनीहरूले उक्त भनाइले राष्ट्रिय स्वाभिमान र नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाएको आरोप लगाएका छन्।

    संसद्मा जारी गतिरोधका कारण नियमित कार्यसूची प्रभावित बनेको छ भने राजनीतिक दलहरूबीचको टकराव थप तीव्र बनेको देखिएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता र विपक्षबीच विवाद चर्किँदै जाँदा संसद्को अवरोध कहिले अन्त्य हुन्छ भन्ने विषय पनि चासोको केन्द्र बनेको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend