Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रपति कार्यालयबाट चोरी भएका हात्तीका दाह्रा बरामद : पाँच जना पक्राउ


२०, जेठ २०८३
  • 54
    SHARES
  • राष्ट्रपति कार्यालयबाट चोरी भएका हात्तीका दाह्रा बरामद : पाँच जना पक्राउ

    काठमाडौं । काठमाडौंको मनमैजु र टोखा क्षेत्रबाट राष्ट्रपति कार्यालयबाट चोरी भएका भनिएका हात्तीका दाह्रासहित पाँच जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूबाट चार वटा हात्तीका दाह्रा बरामद भएपछि घटनाले नयाँ मोड लिएको छ।

    प्रहरी स्रोतका अनुसार राष्ट्रपति कार्यालयको भित्तामा सजाइएका ती दाह्रा जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि, तथ्य तथा प्रमाण सङ्कलनको काम जारी रहेकाले यस विषयमा औपचारिक जानकारी दिन अझै समय लाग्ने प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेहरूमा राजीव महर्जन, टेकप्रसाद गुरुङ, पुरन बोहरा, आयुष महर्जन र सन्तबहादुर भुजेल रहेका छन्। तारकेश्वर नगरपालिका–९, मनमैजु निवासी राजीव महर्जनले वन्यजन्तुको अङ्ग अवैध रूपमा सञ्चय तथा बिक्री गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

    छापामार कार्यवाहीका क्रममा महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा दुई वटा हात्तीका दाह्रा बरामद गरिएको थियो। साथै, उनको कोठाबाट ‘Tramadol-50’ लेखिएको १५० क्याप्सुल समेत फेला परेको प्रहरीले जनाएको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार घटनाको अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको संलग्नता पनि देखिएपछि थप चार जनालाई पक्राउ गरिएको हो। कार्यालयका एसपी शरतकुमार क्षेत्रीका अनुसार पक्राउ परेका सन्तबहादुर भुजेलको कोठाबाट झोलाभित्र लुकाइराखिएको अवस्थामा थप दुई वटा हात्तीका दाह्रा बरामद भएका छन्।

    वन्यजन्तुको अङ्गको अवैध कारोबार र लागुऔषध सम्बन्धी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ परेका उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

     
     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend