Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ छैन : रवि लामिछाने


२१, जेठ २०८३
  • 29
    SHARES
  • सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ छैन : रवि लामिछाने

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी सङ्गठनलाई मजबुत बनाउन निर्देशन दिएका छन्। दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै यस्तो निर्देशन दिएका हुन्। उनले आफूहरूले केही खराब काम गरे खबरदारी गर्न सुझाए।

    उनले भने, ‘हामीले केही खराब गर्‍यौँ भने सल्लाह, सुझाव दिनुहोला। जुन आँट र भरोसाका साथ तपाईँहरूले घरमा भनेर घण्टीमा भोट हाल्नुस् भन्नुभएको थियो, हामी तपाईँको शिर निहुरिने कुनै पनि काम गर्दै छैनौँ, म वाचा गर्छु।’

    उनले सरकारको नियतमा कहीँ कतै शंका गर्नुपर्ने ठाउँ नभएको बताए। उनले थपे, ‘कहीँ कतै निर्णय बिग्रिएछन् भने हामीलाई सच्याउने अवसर पनि दिनुहोला, हामीलाई खबरदारी पनि गर्नुहोला।

    रास्वपा समर्थकहरू केवल समर्थन मात्र गर्दैनन्, गलत भए पनि खबरदारी पनि गर्छन्, यो कुरा तपाईँहरूमा सधैँ छ। रास्वपाले आफ्ना समर्थक, आफ्ना सदस्यहरूसँग भएको यो अधिकारलाई कहिले पनि खोस्ने छैन। हामीले बाटो बिरायौँ भने हामीलाई ट्र्याकमा ल्याउनका निमित्त मद्दत गर्ने जिम्मेवारी पनि तपाईँको काँधमा छ।’

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend