Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

निर्वाचन आयोगले पठायाे प्रतिनिधिसभा १०५ सदस्यीय बनाउन सरकारलाई २१ बुँदे सुझाव पत्र


२२, जेठ २०८३
  • 95
    SHARES
  • निर्वाचन आयोगले पठायाे प्रतिनिधिसभा १०५ सदस्यीय बनाउन सरकारलाई २१ बुँदे सुझाव पत्र

    काठमाडौं । निर्वाचन आयोगले सरकारलाई प्रतिनिधिसभा १ सय ५ सदस्यीय बनाउन सुझाव दिएको छ ।

    आयोगले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन कार्यदललाई संविधान संशोधनकाे बारेमा राय दिँदै प्रतिनिधिसभा १ सय ५ सदस्यीय बनाउनु उपयुक्त हुने सुझाव पठाएको हो । कार्यदललाई लिखित सुझाव दिँदै आयोगले हालको २ सय ७५ सदस्यीय प्रतिनिधिसभालाई घटाउन सुझाव दिएकाे छ । स्थानीय तह गैरदलीय बनाउन सकिने पनि आयोगको सुझाव रहेकाे हाे।

    आयोगले दिएको २१ बुँदे सुझाव पत्रमा राष्ट्रियसभाका अध्यक्षलाई नै उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्न दिन सुझाव दिएकाे छ । साथै संघ र प्रदेशमा विज्ञ मन्त्रिपरिषद् गठन गर्दा उपयुक्त हुने आयोगको ठहर रहेकाे छ ।

    २१ वर्ष उमेरको नागरिकले प्रतिनिधिसभाको निर्वाचन र ३० वर्ष उमेर पुगेकालाई राष्ट्रियसभाको उम्मेदवार बन्न उपयुक्त हुने आयोगको सुझाव पत्रमा उल्लेख गरिएकाे छ ।

    हाल प्रतिनिधिसभा सदस्यका लागि २५ वर्ष पूरा भएको हुनुपर्ने र राष्ट्रियसभाको उम्मेदवार बन्नका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्ने संविधानमा व्यवस्था रहेकाे छ । आयाेगले एक जिल्लालाई एक निर्वाचन क्षेत्र मानी प्रत्यक्षतर्फ ७७ जनाको व्यवस्था गर्न सुझाव दिएको आयोगले समानुपातिकतर्फ २८ सदस्य मात्रै राख्न सकिने सुझाव दिएको हाे ।

    विद्यमान संविधानको धारा ८४ मा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ सदस्यीय प्रतिनिधिसभा गठन हुने व्यवस्था र राष्ट्रियसभा भने ५९सदस्यीय छ । प्रदेशमा समानुपातिक व्यवस्था हटाउन पनि आयोगले कार्यदललाई पठाउकाे सुझाव पत्रमा उल्लेख गरिएकाे छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend