Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

संसद्‍मा सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्दै नेविसंघ सडकमा


२२, जेठ २०८३
  • 48
    SHARES
  • संसद्‍मा सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्दै नेविसंघ सडकमा

    काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्दै राजधानीमा तीव्र विरोध प्रदर्शन गरेको छ । शुक्रबार राजधानीको ऐतिहासिक त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएका नेविसंघ आबद्ध विद्यार्थीहरूले प्रधानमन्त्री शाहविरुद्ध चर्को नाराबाजी गर्दै सडक प्रदर्शन गरेका हुन् ।

    संघीय संसद्को बैठकमा प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवादको विषयलाई लिएर दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै विद्यार्थीहरूले विरोधको बाटो रोजेका हुन् । प्रधानमन्त्रीले नेपालले पनि भारतीय सीमा मिचेको आशयको "गैरजिम्मेवार" अभिव्यक्ति दिएको भन्दै नेविसंघले यसलाई राष्ट्रहितविपरीत र कूटनीतिक मर्यादा बाहिरको कदम ठहर गरेको छ ।

    त्रिचन्द्र क्याम्पस परिसरबाट सुरु भएको उक्त विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा हलुका टिप्पणी नगर्न चेतावनी दिएका छन् । उनीहरूले प्रधानमन्त्री शाहको कडा शब्दमा निन्दा गर्दै, देशको शिर निहुराउने अभिव्यक्ति दिने व्यक्ति कार्यकारी प्रमुखको कुर्सीमा बस्न अयोग्य भएको भन्दै तत्काल पदबाट राजीनामा दिनुपर्ने एकसूत्रीय माग अघि सारेका छन् ।

    प्रधानमन्त्री शाहको उक्त संसद्‍ीय अभिव्यक्तिलाई लिएर केही दिनयता सडकदेखि सदनसम्म चौतर्फी विरोध भइरहेको छ । सीमा विवाद जस्तो संवेदनशील विषयमा कूटनीतिक अपरिपक्वता देखाएको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म देशव्यापी आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ । प्रदर्शनका कारण केही समय त्रिचन्द्र क्याम्पस र घन्टाघर आसपासको सवारी आवागमन समेत प्रभावित बनेको थियो ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend