Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालन र लुम्बिनी पर्यटन प्रवर्द्धनमा भारतीय निजी क्षेत्रको सहयोग आवश्यक: 'भारत-नेपाल आर्थिक सहयोग मञ्च २०२६' को निष्कर्ष


२२, जेठ २०८३
  • 70
    SHARES
  • गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालन र लुम्बिनी पर्यटन प्रवर्द्धनमा भारतीय निजी क्षेत्रको सहयोग आवश्यक: 'भारत-नेपाल आर्थिक सहयोग मञ्च २०२६' को निष्कर्ष

    भैरहवा । नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले विशेष जोड दिएका छन् । भारतको गोरखपुरमा बिहीबार आयोजित ‘भारत-नेपाल आर्थिक सहयोग मञ्च २०२६’ मा सहभागी वक्ताहरूले कृषि, पर्यटन, ऊर्जा, बैंकिङ, पूर्वाधार, औद्योगिक लगानी र सीमापार व्यापारलाई प्राथमिकतामा राखेर द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका हुन् । विशेष गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, सीमावर्ती क्षेत्रको औद्योगिक विकास तथा बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा भारतको निजी क्षेत्रको सक्रिय र रणनीतिक सहभागिता अपरिहार्य रहेको ठहर कार्यक्रमले गरेको छ ।

    छलफलका क्रममा नेपाली निजी क्षेत्रका प्रतिनिधिहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानको केन्द्रका रूपमा नियमित र व्यवस्थित गर्न भारतीय वायुसेवा कम्पनीहरूको सहयोग आवश्यक रहेको औंल्याएका छन् । विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन हुन सके लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा ठूलो रूपान्तरण आउने विश्वास सहभागीहरूको थियो । यसका साथै, भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय उद्योगहरूलाई आकर्षित गर्न नीतिगत तथा व्यावसायिक सहकार्य अघि बढाउने र सीमावर्ती क्षेत्रका औद्योगिक सम्भावनाको उपयोग गर्दै संयुक्त लगानी र उत्पादन विस्तार गर्नुपर्ने विषयलाई पनि बैठकमा प्रमुखताका साथ उठाइएको थियो ।

    लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न भारतीय पर्यटन व्यवसायी र निजी क्षेत्रले थप सक्रिय भूमिका खेल्नुपर्ने निष्कर्ष निकालिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई भारतीय बौद्ध पर्यटक तथा अन्तर्राष्ट्रिय पर्यटकको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न दुवै देशले संयुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको थियो । कार्यक्रममा भारतस्थित नेपाली दूतावासका सहसचिव तारानाथ अधिकारी र इकोनोमिक काउन्सिलर रवीन्द्रजङ्ग थापाले नेपालमा लगानी, उद्योग, पर्यटन र व्यापारका प्रशस्त सम्भावना रहेको बताउँदै दुवै देशका निजी क्षेत्रबीचको साझेदारी नै आर्थिक समृद्धिको मुख्य कडी बन्न सक्ने उल्लेख गरे ।

    त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोखरेल र महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले व्यापार सहजीकरण, लगानीमैत्री वातावरण निर्माण तथा सीमावर्ती क्षेत्रको आर्थिक विकासलाई व्यवहारिक र परिणाममुखी बनाउनुपर्ने धारणा राखे । मञ्चका सचिव उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष कमलेस जैन र भारतीय उद्योगपति अनुकुल भटनागरले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक विकाससँग जोड्दै पारस्परिक लाभ लिनुपर्नेमा जोड दिएका थिए । नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि एवं विज्ञहरू सम्मिलित उक्त गोलमेच छलफलले विमानस्थल सञ्चालन, सेजमा लगानी, व्यापारिक प्रक्रियाको सरलीकरण र पूर्वाधार विकासका एजेन्डाहरूलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने निष्कर्ष निकालेको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend