Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने, तराईमा गर्मी र तातो लहरको जोखिम


२३, जेठ २०८३
  • 105
    SHARES
  • नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने, तराईमा गर्मी र तातो लहरको जोखिम

    काठमाण्डौ — देशका पूर्वी र मध्य भेगका धेरै ठाउँमा गएराति र बिहान पानी परेको छ । पानी परेका ठाउँमा शितल भएको छ । तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढेको छ । केही ठाउँमा तातो लहर समेत चलेको छ ।

    आज र भोलि पनि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाडी भूभागका केही ठाउँहरुमा तथा तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    यसैबीच नेपालमा मनसुन भित्रिन अझै एक हप्ता लाग्ने भएको छ । महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक हप्ता लाग्ने छ ।

    तीनचार दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने र त्यसपछि नेपालमा आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिनपछि पनि हुन सक्ने मौसमविदको भनाइ छ । मौसमविदहरुका अनुसार कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ ।

    नेपालमा औसत जुन १३ तारिखमा मनसुन भित्रिने मिति हो । आज जुन ६ भएको छ । भारतमा तोकिएको औषत मिति जुन १ मा मनसुन भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ । त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रिने मौसमविदहरुको अनुमान छ ।

    यसपालि मनसुनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ । कुनैकुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुने सक्ने सम्भावनासमेत रहेको मौसमविद्हरूले अनुमान गरेका छन् । 

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend