Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

जातीय भेदभाव समाजको कलङ्क, उन्मूलनका लागि सबैको साझा पहल आवश्यक : प्रमुख जिल्ला अधिकारी सुवेदी


२३, जेठ २०८३
  • 196
    SHARES
  • जातीय भेदभाव समाजको कलङ्क, उन्मूलनका लागि सबैको साझा पहल आवश्यक : प्रमुख जिल्ला अधिकारी सुवेदी

    अर्घाखाँची l अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जातीय भेदभाव तथा छुवाछुत सामाजिक रूपमा अनैतिक, अमानवीय मात्र नभई गम्भीर अपराधजन्य कार्य भएकाले यसको अन्त्यका लागि राज्य र समाज दुवैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

    राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिको आयोजनामा २१औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०८३ को अवसरमा सन्धिखर्क नगरपालिका–२ स्थित भगवती माध्यमिक विद्यालयमा आयोजित “सभ्य समाजको आधार : जातीय भेदभाव र छुवाछुतको बहिष्कार” विषयक वक्तृत्वकला प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले यस्तो धारणा व्यक्त गरेका हुन्।

    उनले जातीय भेदभाव र छुवाछुतलाई सभ्य समाजमाथिको गम्भीर कलङ्कका रूपमा चित्रण गर्दै संविधानले सुनिश्चित गरेको समानता, न्याय र स्वतन्त्रताको अधिकार प्रत्येक नागरिकले व्यवहारमा अनुभूति गर्न पाउनुपर्ने बताए। समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतनाको विस्तार अपरिहार्य रहेको उनको भनाइ थियो।

    कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले जातीय विभेद समाजको ठूलो विकृति भएको उल्लेख गर्दै यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए। उनले विद्यालय, समुदाय तथा सामाजिक संघसंस्थाहरूले जनचेतनामूलक अभियान सञ्चालन गरी विभेदमुक्त समाज निर्माणमा योगदान पुर्‍याउनुपर्ने बताए।
    त्यस्तै, भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक धुव्रबहादुर केसीले जातीय भेदभाव समाजको कलङ्क भएकाले यसको खुलेर विरोध गर्दै समानता र सामाजिक न्यायको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे।

    वक्तृत्वकला प्रतियोगितामा १४ जना विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगितामा लेनीन भट्टराई प्रथम, आयुष्मा पौडेल द्वितीय, शिशिर भट्टराई तृतीय तथा विपिन भट्टराई सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए। विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रममा दलित अधिकारकर्मी विष्णु परियार, रामबहादुर परियार, सञ्जय नेपाली, विभिन्न सुरक्षा निकायका प्रमुख, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा, पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
    लुम्बिनी प्रदेश समितिका सचिव अनिल नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघकी केन्द्रीय पार्षद कमला परियारले गरेकी थिइन्।

    कार्यक्रममा वक्ताहरूले जातीय भेदभाव तथा छुवाछुतमुक्त समाज निर्माणका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै सामाजिक रूपान्तरण, शिक्षा, चेतना र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याएका थिए। उनीहरूले विभेदरहित, समावेशी र न्यायपूर्ण समाज निर्माण नै लोकतान्त्रिक नेपालको साझा लक्ष्य हुनुपर्नेमा जोड दिएका थिए।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend