Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै


२४, जेठ २०८३
  • 182
    SHARES
  • आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदै

    काठमाण्डौ - आज विश्व खाद्य सुरक्षा दिवस, नेपालमा पनि मनाइँदैछ । सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ । 

    संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ तारिखलाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेको हो । घोषणापछि सन् २०१९ देखि विश्वभर खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो ।

    दिवसको प्रवर्द्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन् । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष झण्डै ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क छ । 

    डब्ल्युएचओका अनुसार खाद्यजन्य रोगका कारण वार्षिक झण्डै चार लाख २० हजार जनाको ज्यान जाने गरेको छ । सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव जीवन र स्वास्थ्यका लागि अपरिहार्य मानिन्छ ।

    दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन् । यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ । 

    विशेष गरी पाँच वर्षमुनिका बालबालिकासहित महिला, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्ग प्रभावित हुँदै आएका छन् । खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ । 

    सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने विज्ञको भनाइ छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend