Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बाढीले अवरुद्ध खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालन


२४, जेठ २०८३
  • 107
    SHARES
  • बाढीले अवरुद्ध खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालन

    काठमाण्डौ - बाढीका कारण अवरुद्ध भएको खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ पङ्खुखोलामा आएको बाढीले सडक अवरुद्ध थियो । 

    मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकमा अस्ति शुक्रबार वर्षापछि बाढी आएको थियो । पङ्ख खोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले झण्डै २५ मिटर सडक बिग्रेको थियो । अवरुद्ध सडक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीको पहलमा खुलेको हो । 

    सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाण्डौ र काठमाण्डौबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो । 

    पङ्खुखोलामा २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउने गरी निर्माण कम्पनीले काम थालेको थियो । तर ठेकेदारको लापरबाहीका कारण पुल निर्माण नहुँदा खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ ।     

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend