Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना


२५, जेठ २०८३
  • 79
    SHARES
  • तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना

    काठमाण्डौ - गए राति कोशी र गण्डकीमा मध्यम वर्षा भएको छ । 

    कोशीको इलाम, सङ्खुवासभा र गण्डकीको कास्की, गोरखा, तनहुँ लगायतका ठाउँमा पानी परेको छ । गएको १२ घण्टामा इलाममा सबैभन्दा बढी ७२ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    अबका केही दिन पनि तराईमा गर्मी बढ्ने तथा पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ । आज र भोलि मधेश प्रदेश लगायत, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ । 

    यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग बदली भई एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिवार  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend