Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

गोडखाली बजारमा हेफर प्रोजेक्ट नेपालद्वारा व्यापारिक उत्सवको अवलोकन, नेपाल-बङ्लादेश सहकार्यका नयाँ सम्भावनामा जोड


२५, जेठ २०८३
  • 120
    SHARES
  • गोडखाली बजारमा हेफर प्रोजेक्ट नेपालद्वारा  व्यापारिक उत्सवको अवलोकन, नेपाल-बङ्लादेश सहकार्यका नयाँ सम्भावनामा जोड

    गोडखाली, बङ्लादेश । द्विपक्षीय ज्ञान, अनुभव तथा असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘सेरिङ प्रोग्राम’ (Sharing Program) अन्तर्गत  हेफर प्रोजेक्ट नेपालको सञ्चालक समितिको अध्यक्ष भीष्म प्रसाईं नेतृत्वको उच्चस्तरीय टोलीले बङ्लादेशको चर्चित कृषि तथा फूल व्यापार केन्द्र गोडखाली बजारको स्थलगत अवलोकन गरेको छ।

    बोर्डका अध्यक्ष भीष्म प्रसाईंको नेतृत्वमा रहेको टोलीले स्थानीय व्यवसायी, कृषक तथा समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै बजार व्यवस्थापन र कृषि व्यवसायका सफल अभ्यासबारे जानकारी लिएको हो।

    भ्रमणका क्रममा गोडखाली बजारको जीवन्त व्यापारिक वातावरण, व्यवस्थित कृषि उत्पादन प्रणाली तथा स्थानीय उद्यमशीलताको नमूना नेपाली टोलीका लागि विशेष आकर्षण बनेको थियो।

    फूलैफूलले सजिएको बजारमा हजारौँको संख्यामा रहेका राता गुलाफ, सुगन्धित रजनीगन्धा (ट्युबरोज) लगायतका स्थानीय उत्पादनहरू आकर्षक ढङ्गले प्रदर्शन तथा बिक्रीका लागि राखिएको दृश्यले बजारको आर्थिक गतिशीलता झल्काएको थियो।

    नेपाली प्रतिनिधिमण्डलले स्थानीय कृषक, व्यवसायी तथा समुदायका सदस्यहरूसँग आत्मीय संवाद गर्दै उत्पादन, बजारीकरण, वितरण प्रणाली र ग्राहक व्यवस्थापनका विविध पक्षबारे प्रत्यक्ष अनुभव साटासाट गरेको थियो।

    स्थानीय व्यापारीहरूले बजार सञ्चालनको मोडल, आधुनिक उत्पादन प्रविधि, खुद्रा बिक्री प्रणाली तथा उपभोक्तासँगको प्रभावकारी सञ्चार रणनीतिबारे विस्तृत जानकारी गराएका थिए।

    अवलोकनपछि हेफर प्रोजेक्ट नेपालको सञ्चालक समितिको सचिव निर्मला क्षेत्रीले भ्रमण अत्यन्त फलदायी रहेको बताउँदै भनिन्, “यस बजारको जीवन्त ऊर्जा, द्रुत व्यावसायिक गतिविधि र स्थानीय जनजीवनसँग नजिकबाट साक्षात्कार गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। ‘सेरिङ प्रोग्राम’ अन्तर्गत भएको यो भ्रमणले नेपाल र बङ्लादेशबीच कृषि अभ्यास, अनुभव आदानप्रदान तथा सहकार्यका थप नयाँ सम्भावनाहरू उजागर गर्ने विश्वास लिएकी छु।”

    भ्रमणका क्रममा विशेषगरी कृषि उत्पादनको प्रभावकारी आपूर्ति श्रृंखला (Supply Chain), दिगो पशुपालन प्रणाली, साना किसान तथा महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, मूल्य शृंखला विकास तथा बजार पहुँच विस्तारका विषयमा दुवै पक्षबीच गहन छलफल भएको थियो। नेपाली टोलीले बङ्लादेशमा अवलम्बन गरिएका सफल अभ्यासहरू नेपालमा समेत उपयोग गर्न सकिने सम्भावनाबारे अध्ययन गरेको जनाएको छ।

    यस अवसरमा स्थानीय नागरिक तथा व्यवसायीहरूले नेपाली प्रतिनिधिमण्डललाई फूलका माला तथा हातमा बाँधिने विशेष ‘फ्लोरल ब्यान्ड’ लगाएर हार्दिक स्वागत गरेका थिए। उक्त आत्मीय स्वागतले दुई देशका समुदायबीचको सांस्कृतिक निकटता र मैत्री सम्बन्धलाई थप सुदृढ बनाएको अनुभूति टोलीले गरेको जनाएको छ।

    गोडखाली बजारमा स्थानीय उत्पादनमा आधारित साना उद्योग तथा खुद्रा व्यापारलाई व्यवस्थित रूपमा प्रवर्द्धन गरिएको देखिएको छ। यसले स्थानीय स्तरमा रोजगारी सिर्जना, महिला तथा साना उद्यमीहरूको आर्थिक सशक्तीकरण र सामुदायिक अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको टोलीको निष्कर्ष छ।

    हेफर इन्टरनेशनल नेपालको प्रतिनिधिमण्डलले भ्रमणबाट प्राप्त भएका मुख्य सिकाइ, सफल व्यावसायिक मोडल तथा व्यावहारिक अनुभवलाई नेपालको कृषि तथा पशुपालन विकास कार्यक्रमसँग समन्वय गरी कार्यान्वयन गर्ने सम्भावनासमेत अध्ययन गरिने बताइएको छ।

    बङ्लादेशको गोडखाली बजारमा गरिएको यो स्थलगत अध्ययन भ्रमणले नेपाल र बङ्लादेशबीच कृषि नवप्रवर्तन, बजार प्रणाली विकास, ज्ञान साझेदारी, उन्नत तालिम तथा दीर्घकालीन रणनीतिक सहकार्यका नयाँ आयाम खोल्ने विश्वास व्यक्त गरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend