Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीको शपथ


२५, जेठ २०८३
  • 76
    SHARES
  • लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीको शपथ

    दाङ l लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार नव नियुक्त पाँच जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

    नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गर्दै सरकारमा नयाँ अनुहारहरूलाई जिम्मेवारी दिइएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना तथा जनता समाजवादी पार्टीबाट एक जना मन्त्री समावेश भएका छन् ।

    नवनियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन् । उनीहरूलाई क्रमशः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

    प्रदेश सरकारको यो पुनर्गठनलाई विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यसँग जोडेर हेरिएको छ । नयाँ मन्त्रीहरूको आगमनसँगै प्रदेश सरकारका प्राथमिकता र कार्यसम्पादनमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।

    शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोकबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    राजनीतिक समीकरणअनुसार गरिएको मन्त्रिपरिषद् पुनर्गठनले प्रदेश सरकारलाई थप सुदृढ, सन्तुलित र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ। नयाँ मन्त्रीहरूलाई जिम्मेवारीसँगै जनअपेक्षा पूरा गर्ने चुनौतीसमेत थपिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend