Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

हेफर प्रोजेक्ट नेपाल बोर्डद्वारा बङलादेशको जशौरमा जलवायु-अनुकूल कृषि र लघुवित्त कार्यक्रमको स्थलगत अनुगमन


२५, जेठ २०८३
  • 474
    SHARES
  • हेफर प्रोजेक्ट नेपाल बोर्डद्वारा बङलादेशको जशौरमा जलवायु-अनुकूल कृषि र लघुवित्त कार्यक्रमको स्थलगत अनुगमन

    जशौर, बङ्गलादेश । दिगो कृषि विकास, जलवायु परिवर्तन अनुकूलन तथा साना किसानको आर्थिक सबलीकरणका क्षेत्रमा भइरहेका अभ्यासको प्रत्यक्ष अध्ययन तथा अन्तरदेशीय अनुभव आदानप्रदानलाई सुदृढ बनाउने उद्देश्यसहित हेफर प्रोजेक्ट नेपाल बोर्डको उच्चस्तरीय टोलीले बङ्गलादेशको जशौर क्षेत्रमा दुई दिने औपचारिक स्थलगत अनुगमन भ्रमण सुरु गरेको छ।

    सन् २०२६ जुन ७ देखि ८ सम्म सञ्चालन भइरहेको भ्रमण अन्तर्गत बोर्ड सदस्यहरूको टोलीले ‘प्रोजेक्ट: BD2017’ मार्फत कार्यान्वयन भइरहेका विभिन्न कार्यक्रम तथा गतिविधिको स्थलगत निरीक्षण गरिरहेको छ। भ्रमणको पहिलो दिन टोली ढाकाबाट जशौर पुगेर स्थानीय साझेदार संस्था जगोरानी चक्र फाउन्डेसन (JCF) सँग समन्वय गरी लघुवित्त कार्यक्रमको कार्यान्वयन अवस्था, त्यसबाट समुदायमा परेको प्रभाव तथा लाभग्राहीको सहभागिताबारे विस्तृत जानकारी लिएको थियो।

    त्यसक्रममा टोलीले चौमनकाटी र नौदाग्राम क्षेत्रमा सञ्चालन भइरहेका जलवायु-अनुकूल कृषि अभ्यास, सौर्य ऊर्जामा आधारित उद्यम, सहकारी संस्थाका गतिविधि तथा ‘सोइल डाक्टर’ (माटो परीक्षण) अभियानको प्रत्यक्ष अवलोकन गरेको थियो। कृषिमा आधुनिक प्रविधि र वातावरणमैत्री अभ्यासको प्रयोगले उत्पादन वृद्धि तथा किसानको आयस्तर सुधारमा सकारात्मक प्रभाव पारेको निष्कर्ष टोलीले निकालेको छ।

    भ्रमणको दोस्रो दिन बोर्ड सदस्यहरूले जिङ्करगाछा उपक्षेत्रअन्तर्गत पर्ने गोधखली, पानिसोरा र नाभारोन युनियनका कृषि तथा बजार क्षेत्रको निरीक्षण गरेका छन्। टोलीले स्थानीय कृषक, व्यवसायी तथा खरिदकर्तासँग प्रत्यक्ष संवाद गर्दै कृषि उत्पादन, बजार व्यवस्थापन, मूल्य शृङ्खला विकास तथा किसानको बजार पहुँचका विषयमा जानकारी लिएको थियो। यस क्रममा मोहम्मद मोजुरुल, अबु सयद र मोहम्मद मोस्तफालगायतका स्थानीय सरोकारवालासँग अन्तरक्रिया गरिएको थियो।

    विशेष आकर्षणका रूपमा टोलीले गोधखली र पानिसोरा क्षेत्रमा व्यावसायिक फूल खेतीका नमुना फार्महरूको अवलोकन गरेको थियो। जर्बेरा, चाइना रोज, रजनीगन्धा, मखमलीका नयाँ प्रजाति तथा युस्टोमा फूल उत्पादन भइरहेका व्यावसायिक फार्महरूको निरीक्षण गर्दै बोर्डले स्थानीय कृषकहरूको उद्यमशीलता, उत्पादनको गुणस्तर र प्रभावकारी बजारीकरण प्रणालीको उच्च प्रशंसा गरेको छ।

    हेफर नेपाल बोर्ड सदस्यहरूले बङ्गलादेशमा अपनाइएका जलवायु-अनुकूल कृषि प्रविधि, सहकारी व्यवस्थापन र समुदायमा आधारित वित्तीय सेवाका सफल अभ्यासहरू नेपालका ग्रामीण समुदायका लागि पनि उपयोगी हुन सक्ने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्ता अनुभवले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादकत्व वृद्धि तथा साना किसानको आर्थिक आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

    हेफर प्रोजेक्ट नेपाल बोर्डको यो भ्रमणले नेपाल र बङ्गलादेशबीच कृषि विकास, जलवायु अनुकूलन तथा ग्रामीण उद्यमशीलताका क्षेत्रमा ज्ञान, अनुभव र सफल अभ्यास आदानप्रदानलाई थप मजबुत बनाउने हेफर प्रोजेक्ट नेपालको सञ्चालक समितिको सचिव निर्मला क्षेत्रीले बताउनु भएको छ साथै, दुवै देशका साना किसानको जीवनस्तर उकास्न तथा दिगो कृषि प्रणाली निर्माणमा सहकार्यका नयाँ सम्भावना खोल्ने विश्वास गरिएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend