काठमाडौँ । नेपाल सरकारबाट जारी भएको म्याद थपको आदेश र भुक्तानी लगायतका ९ बुँदे मागहरुलाई लिएर नेपाल निर्माण ब्यबसायी महासङघ सडक आन्दोलनमा उत्रेको छ । महासङघका अध्यक्ष रवि सिंहले ब्यबसायीहरुको जायज मागहरुलाई सरकारले बेवास्ता गरेको बताउनु भयो ।
हामीले सरकारसगँ पटक पटक छलफल गर्यौ तर सुनाइ भएन । अध्यक्ष सिंहले भन्नुभयो -सरकारले हाम्रो आन्दोलनलाई कमजोर ठानिरहेको छ । मागहरु सहज ढङगले छिटै सम्बोधन होस् भन्ने हामीले चाहेका छौँ ।
हाम्रा मागहरु जायज छन् यदि मागहरु सुनाइ भएनन् भने हामी सशंक्त ढङगले अगाडि बढने छौँ । त्यसपछि सरकार माग सम्बोधन गर्न बाध्य हुने छ । महासंघले माग सम्बोधन नभएसम्म संघीय राजधानीमा केन्द्रित हुन मातहतका सबैलाई आह्बान समेत गरेको छ ।