Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो मनसुनी वायु


२८, जेठ २०८३
  • 100
    SHARES
  • नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो मनसुनी वायु

    काठमाण्डाै – यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ । तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन । मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइनसकेको विभागको भनाइ छ ।

    भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ । नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रिने गर्छ । आज जुन ११ तारिख हो । यसपालि औसत मिति आसपासमै मनसुन भित्रिने मौसमविद्काे अनुमान छ ।

    गएको वर्ष सरदरभन्दा १५ दिन अगाडि नै मनसुन नेपाल भित्रिएको थियो । तर चाँडै नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो ।

    यसैबीच आज देशभरको गर्मी निकै घटेको छ । पछिल्लो २४ घण्टामा सबैजसो तराई र मध्यपहाड क्षेत्रमा पानी परेसँगै गर्मी घटेको हो । आज पश्चिम तराईका जिल्लामा पनि अधिकतम तापक्रम ३१–३२ डिग्री सेल्सियस आसपास रहेको छ ।

    लामो समयदेखि गर्मीको मार खेप्दै आएका पश्चिम तराईका बासिन्दाले आज धेरै सहज भएको बताएका छन् । आज रातिसहित भोलि र पर्सि पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेसँगै चर्को गर्मी घट्ने अनुमान छ ।

    अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली क्षेत्रका १/२ ठाउँमा पानी परिरहेको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend