Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

देशका धेरै स्थानमा आज पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा


२९, जेठ २०८३
  • 115
    SHARES
  • देशका धेरै स्थानमा आज पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा

    काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौंलगायत केही भूभागमा बिहानैबाट वर्षा भइरहेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

    कोसी र मधेस प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

    विभागले राति कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस प्रदेशलगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

    कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा/हिमपातको पूर्वानुमान छ । 

    मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभाग साथै देशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना  छ । 

    जलवायुविज्ञ धर्मराज उप्रेती आज देशका धेरै स्थानमा वर्षा हुने बताउँछन् । केही स्थानमा भने घाम पनि लाग्ने उनको भनाइ छ ।

    “आज पश्चिमी वायु पूर्वतिर सर्दै छ । मनसुनी वायु नेपाल प्रवेश  गर्दै  गरेकाले देशको पश्चिमदेखि मध्य र पूर्वी  भागमा वर्षा, हावाहुरीसमेतको सम्भावना छ,” उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “तराईमा गर्मी केही कम हुनेछ । तर, केही क्षेत्रमा हावाहुरी समेतको सम्भावना छ । ” 

    हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायुको प्रभाव रहेको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend