Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

निजी सञ्चारमाध्यम संकटमा, प्रेस स्वतन्त्रता र पेशागत सुरक्षामा जोड


३१, जेठ २०८३
  • 66
    SHARES
  • निजी सञ्चारमाध्यम संकटमा, प्रेस स्वतन्त्रता र पेशागत सुरक्षामा जोड

    अर्घाखाँची l नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १७औँ साधारणसभाले निजी सञ्चारमाध्यमहरू गम्भीर आर्थिक संकटमा परेको निष्कर्ष निकाल्दै प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा सञ्चारमाध्यमको विश्वसनीयता संरक्षणमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याएको छ।

    होटल साथीको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन गर्दै महासंघका केन्द्रीय सचिव सविन प्रियसनले सरकारको अस्थिर विज्ञापन नीतिका कारण निजी सञ्चारमाध्यमहरू आर्थिक दबाबमा परेको बताए। उनले सामाजिक सञ्जालको बढ्दो प्रभावका बाबजुद मूलधारका सञ्चारमाध्यमको भूमिका अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै निष्पक्ष, निर्भीक र आचारसंहितायुक्त पत्रकारिताले मात्र जनविश्वास कायम राख्न सक्ने धारणा व्यक्त गरे।

    महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले प्रेस स्वतन्त्रतामाथि विभिन्न माध्यमबाट हस्तक्षेप बढ्दै गएको भन्दै अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको पक्षमा महासंघ निरन्तर सक्रिय रहने बताए।
    कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला तथा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले पत्रकारिताको पेशागत संरक्षण, मर्यादा र स्वतन्त्रताको पक्षमा सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

    महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले आफ्नो कार्यकालमा संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा, पत्रकार क्षमता विकास तथा ‘मिडिया बचाउ अभियान’ जस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। सीमित स्रोतसाधनका बीच पनि शाखाको गरिमा र सक्रियता कायम राख्न सफल भएको उनको भनाइ थियो।

    साधारणसभाले संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रता तथा पत्रकारको पेशागत मर्यादा संरक्षणलाई प्राथमिकतामा राख्दै घोषणापत्र जारी गरेको छ। साथै महासंघका पूर्व अध्यक्षहरू विष्णुप्रसाद भुसाल, निमबहादुर रिजाल, शोभाखर पन्थी र अशोक खनाललाई सम्मान गरिएको थियो।

    बन्दसत्रमा सहसचिव घनश्याम पौडेलले प्रस्तुत गरेको वार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नवीन केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको महासंघले जनाएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend