Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प


३१, जेठ २०८३
  • 59
    SHARES
  • काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

    काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ ।

    नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प गर्नुभएको हो ।

    ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान’ अन्तर्गत अब महानगर क्षेत्रभित्र बस्ने वृद्धवृद्धा र अशक्त नागरिकले उपचारका लागि अस्पताल धाउनुपर्ने वा लाइन बस्नुपर्ने झन्झट अन्त्य हुने कार्यवाहक मेयर डङ्गोलले बताउनुभयो । चिकित्सक, स्वास्थ्य प्राविधिक र कर्मचारीहरू परामर्श तथा औषधि बोकेर ज्येष्ठ तथा अशक्त नागरिकको घरदैलोमै पुग्नेछन् ।

    सहयोगापेक्षी, घरबारविहीन र सडक आश्रित नागरिकहरूको उद्धार, तथा व्यवस्थापनका लागि साझेदार संस्थाहरू र गैरसरकारी निकायहरूसँग संयुक्त समन्वय गरी काठमाण्डौलाई ‘सडक आश्रित मानवमुक्त शहर’ घोषणा गरिने र यसको प्रभावकारी कार्यान्वयन अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    कार्यवाहक मेयर डङ्गोलले महानगरको मानवीयता केवल मानिसमा मात्र सङ्कुचित नभई पशुपक्षी र प्रकृतिको सहअस्तित्वलाई समेत हार्दिकताका साथ समेटेको बताउनुभयो ।

    चराचुरुङ्गी सङ्कटमा पर्दै गएको शहरी पर्यावरणलाई महसुस गर्दै महानगरभित्रका सम्पूर्ण टोल, विद्यालय, समुदाय र पार्कहरूमा पक्षीमैत्री अभ्यास सञ्चालन गरिने उहाँको भनाइ छ । यसका लागि चराचुरुङ्गीहरूलाई स्वच्छ पानी उपलब्ध गराउन हजारौँको सङ्ख्यामा पानी राख्ने भाँडा स्थापना गरिने छ ।

    महानगरपालिकाले आफ्नो परम्परा र सीपलाई पनि विशेष सम्मान दिने भएको छ । पुस्तौँदेखि चलिआएको मौलिक सीप, शिल्पकला र आधुनिक प्रतिभा भएका व्यक्तिहरूको क्षमता प्रमाणीकरण गरी उनीहरूलाई आधिकारिक प्रमाणपत्र दिने व्यवस्था मिलाइने भएको छ ।

    युवा तथा सुशासनको नयाँ परिभाषा कोर्नका लागि महानगरले नवयुवा पुस्ता (जेन जेड र जेन अल्फा) लाई राष्ट्र निर्माणको संवाहक मानी उनीहरूको आवश्यकता सम्बोधन गर्ने र राष्ट्रिय व्यक्तित्वहरूसँग साक्षात्कार गराउने विशेष विमर्श कार्यक्रम अघि सारेको छ ।

    भित्री साँघुरो सडकमा स्वास्थ्य सेवा पुर्‍याउन ‘बाइक एम्बुलेन्स’, सबै निजी र सरकारी अस्पतालहरूमा १० प्रतिशत विपन्न उपचारको कडा अनुगमन, वृद्धहरूलाई निमोनिया खोप र मानसिक तनाव व्यवस्थापनका लागि कल सेन्टरजस्ता योजनाहरू नीति तथा कार्यक्रममा उल्लेख छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend