Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन


१, असार २०८३
  • 71
    SHARES
  • मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन

    पोखरा । पोखराको सृजनाचोकमा भएको सवारी दुर्घटनामा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नेता राजीव बास्तोलाको मृत्यु भएको छ। 

    कास्की जिल्ला सहकारी सङ्घको तालिम कार्यक्रममा सहभागी भएर फर्किने क्रममा बास्तोला सवार मोटरसाइकललाई बा. प्र. ०३–००१–क १६५० नम्बरको रेडी मिक्स्चर गाडीले पछाडिबाट ठक्कर दिएको थियो।

    सृजनाचोक र सभागृहचोकको बिच खण्डमा गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै उनलाई उपचारका लागि नजिकैको मेट्रोसिटी अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले तत्कालै मृत घोषणा गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका कारण उनको निधन भएको प्रहरीले जनाएको छ। मृत्यु भएका बास्तोला नेविसङ्घका पूर्व केन्द्रीय सदस्य हुन्।

    बास्तोलाको शव पोस्टमार्टमका लागि अहिले पोखराको मणिपाल अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न रेडी मिक्स्चर गाडी र बास्तोला सवार मोटरसाइकल दुवै सवारी साधनलाई वडा प्रहरी कार्यालयले आफ्नो नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend