काठमाडौँ : गत वर्ष १५ दिन अघि नै प्रवेश गरेको मनसुन यसपालि भित्रिन अझै केही दिन ढिला हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले सरदर मिति २ दिन कटिसकेको नेपालमा मनसुन भित्रिन अझै केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिइन्।
विभागका अनुसार अहिले पनि स्थानीय र पश्चिमी वायु सक्रिय रहेकाले वर्षा भइरहेको हो। प्रशान्त महासागरमा 'एलनिनो' विकसित भएको तर बलियो नभएको जनाइएको छ। जसले मनसुन भित्रिन ढिला भइरहेको छ।