Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

संखुवासभामा कैदी हत्या प्रकरण : असईसहित ७ प्रहरी र अन्य ८ जनालाई जन्मकैदको सजाय


२, असार २०८३
  • 88
    SHARES
  • संखुवासभामा कैदी हत्या प्रकरण : असईसहित ७ प्रहरी र अन्य ८ जनालाई जन्मकैदको सजाय

    काठमाडाैं । संखुवासभा जिल्ला कारागार खाँदबारीभित्र दुई जना कैदीको हत्या गरिएको घटनामा संलग्न १५ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जन्मकैदको फैसला सुनाइएकामा ७ जना प्रहरी र ८ जना कैदीबन्दी रहेका छन् ।

    जिल्ला अदालत संखुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले उक्त घटनामा संलग्न ठहरिएका प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७१ (१०) अनुसार जन्मकैदको फैसला गरेको हो । अदालतका श्रेस्तेदार उज्वल न्यौपानेका अनुसार दोषी ठहरिएकाबाट मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला पनि भएको छ ।

    घटना २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा भएको थियो । संखुवासभाकै मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी कारागारभित्र कुटपिटको सिकार भएका थिए । प्रहरी र अन्य कैदीबन्दैले पालैपालो कुटपिट गर्दा दुवै जनाको मृत्यु भएको थियो ।

    अनुसन्धानका क्रममा उनीहरूले शौचालयको झ्यालको रड काटेर भाग्ने प्रयास गरेको आशंकामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र त्यसपछि प्रहरी तथा अन्य कैदीबन्दीबाट सामूहिक रूपमा कुटपिट भएको खुलेको थियो । सोही कुटपिटका कारण दुवैको मृत्यु भएको निष्कर्ष अनुसन्धानबाट निकालिएको हो ।

    घटनापछि पक्राउ परेका सुरक्षाकर्मी र कैदीबन्दीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको थियो । अभियोग लागेका प्रहरी कर्मचारीलाई धनकुटा कारागार तथा संलग्न कैदीबन्दीलाई तेह्रथुम कारागारमा राखेर मुद्दाको प्रक्रिया अघि बढाइएको थियो ।

    अदालतले घटना भएका बेला कारागार सुरक्षार्थ खटिएका प्रहरीका इन्चार्ज असइ (सहायक निरीक्षक) मोरङको कटहरी गाउँपालिका–१ महेशपुर घर भएका लक्ष्मी चौधरी, प्रहरी हवल्दार खोटाङको खोटेहाङ गाउँपालिका–८ का राजकुमार श्रेष्ठ, प्रहरी जवानहरू इलामको इलाम नगरपालिका–११ का सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका–१४ का दमनसिंह राई, सुनसरीको कोशी गाउँपालिका–५ का पवनकुमार महतो, उदयपुरको लिम्चुबुङ गाउँपालिका–४ का नसुन राई र खोटाङको जन्तेढुंगा गाउँपालिका–३ का मनिष राईलाई जन्मकैदको सजाय सुनाएको छ ।

    त्यस्तै, कारागारका तत्कालीन चौकीदार संखुवासभाको खाँदबारी नगरपालिका–२ चेवाका रामबहादुर कार्की भनिने राम कार्की, बडानाइके खाँदबारी–९ गैरीगाउँका अनिष शर्मा कट्टेल तथा सहनाइकेहरू भोजपुरको भोजपुर नगरपालिका–१० भैंसीपंखाका सचिन्द्र भनिने सचिन राई, संखुवासभाको मकालु गाउँपालिका–५ खोलाखानीका विक्रम भनिने सुमन सारुमगर, चैनपुर नगरपालिका–३ का टीकाराम भनिने टीकाराज चौहान, चिचिला गाउँपालिका–४ खारमेली गाउँका नवीनकुमार राई र कैदीहरू खाँदबारी नगरपालिका–६ तल्लोपांठाका इन्द्रध्वज घिमिरे एवं मादी नगरपालिका–५ बेतिनीका मीन भनिने मीनबहादुर तामाङलाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend