Logo

Sep 18 2026 | २०८३, असोज २गते

लोकप्रिय

लोकप्रिय

बागमती-गण्डकीसहित ६ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितको वर्षा हुँदै


३, असार २०८३
  • 82
    SHARES
  • बागमती-गण्डकीसहित ६ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितको वर्षा हुँदै

    काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

    बुधबार बिहान देशको हिमाल र पहाडी भू-भाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको हाे। अन्य तराईमा मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मध्यमसम्मको वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

    त्यस्तै, बुधबार दिउँसो भने देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे छ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको समेत सम्भावना रहेकाे हाे ।

    कोशी र मधेश प्रदेशको पनि केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।

    त्यस्तै, बुधबार राति भने देशको हिमाली तथा पहाडी र कोशी प्रदेशकाे तराई भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ । साथै तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे ।

    कोशी-गण्डकी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे छ ।

    कोशी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।

  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित

  • भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल हुने

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान

  • १८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभिर, दुईतर्फी यातायात सञ्चालन

    चितवन । बाढीले सडक बगाएपछि १८ दिनदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गको कृष्णभिर सडकखण्डमा आज बिहानदेखि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend